रामेछाप । रामेछापको गोकुलगंगा ४ बेतालीमा रहेको बेताली बचत तथा ऋण सहकारी संस्था लि बेतालीको ३१ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिलिप भण्डारीको अध्यक्षतामा भएको उक्त बार्षिक सधारण सभाको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर (दिनेश) र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिका उपाध्यक्ष नवीन के.सी.ले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खड्काले स्थानीय सरकारले सहकारीहरुलाई ऐन नियमावली बिनियममा रहेर सञ्चालन गर्न आवश्यक रहेको वताए । उनले स्थानीय सरकारले जिल्ला सहकारी संघहरुसँग लागत साँझेदारीमा काम गर्न तयार रहेको वताउदै गत वर्ष रामेछाप जिल्ला बचत सहकारी संघ लि. सँग लागत साँझेदारीमा कार्यक्रम गरेको उल्लेख गरे ।

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ लिका उपाध्यक्ष नवीन केसीले जिल्लाको पुरानो सहकारी संस्थाले बेतालीलाई चिनाउन सफल भएको र पुर्वज अध्यक्ष लगायत सञ्चाकहरु व्यवस्थापक कर्मचारी शेयर सदस्यहरुको अतुलनीय भुमिका रहेको उल्लेख गरे ।

सहकारीको मुल्य मान्यतालाइ सहकारी संस्थाका संचालकहरुले अक्षरस पालना गर्नुपर्ने वताउदै उनले स्थानीय सरकार जिल्ला सहकारी संघहरुको साथ सहयोग रहने वताए । शेयर सदस्यहरुको बचत रकमलाई संरक्षण र सुरक्षित गर्ने दायित्व र जिम्मेवारी सञ्चालक र कर्मचारीको रहेको हुदाँ भाका नाघेको ऋणलाई कडाइका साथ असुल गर्न तर्फ ध्यानाकर्ष गराएको थिए ।

सभामा जिल्ला समन्वय समितिका सदस्य वीरबहादुर कार्की, गोकुलगंगा गाउँपालिका ४ नं. वडा कार्यालयका कार्यवाहक वडा अध्यक्ष नवराज खड्का खिम्ति ग्रामिण विधुत सहकारी संस्थाका अध्यक्ष नानीवावु बस्नेत, जन जाग्रीत मावि बेतालीका प्रअ बाबुराम घिमिरे लगाएतले निती र विधि बमोजिम सहकारी संचालन हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।

रमेछाप जिल्ला गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाका केही वडाहरुलाई कार्यक्षेत्र बनाएर २०५० सालमा २५ जना शेयर सदस्यहरुबाट स्थापना भएको बेताली बचत तथा ऋण सहकारी संस्थामा हाल ३ हजार ४ चार सय २० शेयर सदस्य रहेका छन् । संस्थामा आर्थिक वर्ष ०८१÷०८२ सम्म कुल पुँजी रु. २४ करोड ५२ लाख ९२ हजार ७ सय ३७ पुगेको छ । संस्थाको प्रतिवेदनहरु सचिव रामकुमार कार्की कोषाध्यक्ष, जितबहादुर खड्का र लेखासुपरिवेक्षण समितिको प्रतिवेदन लेखासुपरिवेक्षण समितिका सदस्य रामबहादुर भुजेलले प्रस्तुत गरेका थिए ।