रामेछाप । रामेछाप नगरपालिका–७, गैरीगाउँ पिपलटारमा अवस्थित “पिपलटार कृषि तथा पशुपालन फर्म” मेहनत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ । यस फर्मका प्रोप्राइटर टेकबहादुर तामाङले विदेशको कठोर श्रम त्यागेर आफ्नै गाउँमा बङ्गुर पालन सुरु गरेको पाँच–छ वर्षको यात्राले उनलाई मेहनत गर्नसके गाउँमै राम्रो आम्दानी गर्न सकिँदो रहेछ भन्ने विश्वास दिलाएको छ ।
तामाङ भन्छन्, “पहिला विदेश पनि गइयो, धेरै दुःख गरियो । तर अन्ततः नेपालमै, आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने लाग्यो ।” यही सोचले उनलाई गाउँ फर्कायो र कृषि तथा पशुपालनमा हात हाल्न प्रेरित गर्यो । सुरुआतमा उनले चारवटा कोठा बनाएर चारवटा बङ्गुरबाट फर्म सञ्चालन गरेका थिए । त्यसका लागि करिब साढे दुई लाख रुपैयाँ लगानी भयो । “छ महिनाभित्रै त्यो खर्च उठ्यो,” उनी सम्झन्छन् । त्यतिबेला बजार पनि राम्रो भएकाले व्यवसायले सकारात्मक गति लियो । चारवटा बङ्गुरबाट सुरु भएको यात्रा आज विस्तार हुँदै गयो । केही समयअघि फर्ममा करिब ४० वटा बङ्गुर थिए भने हाल बिक्री गरेर २०–२५ वटाको हाराहारीमा छन् ।
तामाङका अनुसार, नियमित मेहनत र सही व्यवस्थापन गर्न सके यही गाउँमै राम्रो आम्दानी सम्भव छ । “मान्छेहरू पहिला यहाँ केही छैन, विदेश जानुपर्छ भन्थे,” उनी भन्छन्, “तर नियमित रूपमा राम्रोसँग मेहनत गर्यो भने यहीँ रहेछ ।” उनले वार्षिक हिसाबकिताब गर्दा पछिल्ला वर्षहरूमा करिब १० लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको बताउँछन् । बङ्गुरको खोर मर्मत, पालनपोषण र खर्च कटाएर वार्षिक पाँचदेखि छ लाख रुपैयाँसम्म बचत हुने गरेको उनले सुनाए ।
उनी भन्छन्, तर बङ्गुर पालन सजिलो भने छैन । “जे पायो त्यही खुवाएर हुँदैन ।” सुरुमा धेरैले कर्कलो, सिस्नु वा भुस–सुस खुवाए पनि हुन्छ भने पनि त्यो पर्याप्त नहुने उनले बुझ्दै गए । “बङ्गुरलाई मजबुत खाना चाहिन्छ,” तामाङ भन्छन्, “खाना राम्रो भयो भने मात्र बङ्गुर स्वस्थ र छिटो बढ्छ ।”
यसका लागि उनले स्थानीय स्रोतलाई प्राथमिकता दिएका छन् । मकै, गहुँ, ढुटो जस्ता स्थानीय कच्चा पदार्थ प्रयोग गर्छन् । साथै वडा अध्यक्ष समीर कार्कीको सहयोगमा रामेछाप डाँडामा रहेको नेपाली सेनाको गणबाट बिहान–बेलुका दुईपटक चारो ल्याउने गरेका छन् । “यहाँको स्थानीय खानेकुराहरू मिसाएर खुवाउँछु,” उनी भन्छन्, “यसले खर्च पनि घटाउँछ र उत्पादन पनि राम्रो हुन्छ ।”
व्यवसायलाई औपचारिक बनाउने क्रममा उनले फर्म दर्ता गरे । त्यसपछि वडा कार्यालयबाट ‘फर्म सुधार’ शीर्षकमा केही सहयोग पनि पाए । नगरपालिकाबाट पशुसम्बन्धी अनुदानका लागि प्रक्रिया पुर्याउनु भने चुनौतीपूर्ण थियो । “डकुमेन्ट पेस गर्न निकै मुस्किल भयो,” उनी सम्झन्छन् । अन्तिम दिनसम्म सबै कागजात जुटाएर नगरपालिकामा पुगेको अनुभव उनले संघर्षपूर्ण तर सन्तोषजनक भएको बताए ।
नगरपालिकामा बङ्गुर, भैँसी, गाई, कुखुरा र बाख्राका लागि एक–एक लाख रुपैयाँ अनुदान खुला गरिएको थियो । ४८ जनामध्ये आफू पनि सहभागी बनेको तामाङ बताउँछन् । “मैले भनेँ, अनुगमन गरेर हेर्नुहोस् । कागज मात्रै होइन, वास्तविक अवस्था हेरेर मूल्यांकन हुनुपर्छ भनेपछि सोहीअनुसारको काम भयो,” उनले भने ।
अनुगमन टोली फर्ममा आएर अवलोकन गर्यो । आवश्यक पाँचवटा माउ बङ्गुर, मासुका लागि तयारी बङ्गुर र बच्चाहरूको सङ्ख्या मापदण्डभन्दा बढी रहेको पाएपछि अनुगमन टोली सन्तुष्ट भयो । “फोटोमा मात्रै देखिएको जस्तो होइन, साँच्चिकै रहेछ,” अनुगमनकर्ताको प्रतिक्रिया सम्झँदै तामाङ मुस्कुराउँछन् । त्यसपछि नगरपालिकाले उनलाई एक लाख रुपैयाँ अनुदान प्रदान गर्यो ।
अहिले टेकबहादुर तामाङको पिपलटार कृषि तथा पशुपालन फर्म केवल आम्दानीको स्रोत मात्र होइन, गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासको प्रतीक बनेको छ । विदेशको सपना देखिरहेका धेरै युवाका लागि उनको कथा एउटा सशक्त सन्देश हो । सही सोच, मेहनत र स्थानीय स्रोतको उपयोग गरे आफ्नै माटोमै पनि भविष्य निर्माण गर्न सकिन्छ ।
सुकाजोरका टेकबहादुरको अनुभव : चारवटा बङ्गुरबाट सुरु भएको यात्रा, लाखौँ आम्दानीसम्म
9 महीना पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
12 घन्टा पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
13 घन्टा पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
2 दिन पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
3 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
3 दिन पहिले
