रामेछाप । नेपाली काँग्रेसका नेता तथा साविक ठोसे गाविसका तत्कालिन अध्यक्ष भीमवहादुर श्रेष्ठको बुधबार निधन काठमाडौंमा भएको छ ।
पञ्चायत र बहुदलिय व्यवस्थामा तीन पटक ठोसेको जनप्रतिनिधिको रुपमा स्वर्गीय श्रेष्ठले विकास निर्माण र नागरिकको सुखदुखमा सघाएका थिए । ठोसे बजारमा व्यवसाय र नेपाली कागजको उद्योग संचालन समेत उनले सगसगैं गरेका थिए ।
पछिल्लो समय विभिन्न रोगले ग्रसित भएका श्रेष्ठ काठमाडौंको पुरानो बानेश्वरमा बस्दै आएका थिए । उनका दुई छोरा मध्ये समाजसेवि सुरेश श्रेष्ठको यसअघीनै हृदयघातबाट निधन भइसकेको छ ।
काँग्रेसमा ईमान्दार र त्यागि नेताको रुपमा पहिचान बनाएका सरल व्यक्तित्व श्रेष्ठको निधन प्रति नेपाली काँग्रेस रामेछापले गहिरो दुख्ख व्यक्त गरेको छ । स्वर्गीय श्रेष्ठको बुधबारनै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उनको पार्थिब शरिरमा नेपाली काँग्रेसको झण्डा ओडाएर सम्मान गरिएको थियो ।
