रामेछाप । ५० आंैै राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस रामेछापले जननायक बिपी कोईरालाको सालिकमा माल्यापर्ण र अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले मन्थलीमा रहेको बिपी कोईरालाको सालिकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा जिल्ला उप सभापति लेखवहादुर कार्की र जिल्ला सचिव दिपक खड्का लगाएतका नेताहरुले समेत स्वर्गीय कोईरालाको सालिककमा माल्यार्पण गरेका थिए ।

कोईरालाको नेतृत्वमा रहेको नेपाली काँग्रेसले भारतमा निर्वासनमा रहेकै बेला नेपालमा शसस्त्र विद्रोहको तयारी गरेको थियो । उक्त विद्रोहको क्रममा सोलुको टिमुरबोटे आक्रमणमा परि काँग्रेसले ठुलो हताहति बेहोर्नु परेपछि बिपी कोईराला शसस्त्र संघर्षका कार्यक्रमलाई त्यागेर राजा संग मिलेर जानका लागि राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी २०३३ साल पौष १६ गते नेपाल आएका थिए । काँग्रेसले सोहि दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउदै आएको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसले मुलुक र जनताको हित शसस्त्र द्धन्द भन्दा राजा सँग मिलेर जानेमा कल्याण देखेर शसस्त्रका सवै कार्यक्रम फिर्ता लिएको, बिपी कोईराला लगाएतका नेतालाई मृत्यूदण्डको सजाय सुनाइएको कुरालाई समेत ख्याल नगरी राजा संग एकता गरेर अघी बढ्ने साहसिक कदम उठाएको बारेमा चर्चा गरिएको थियाे ।