रामेछाप । नेपाल नागरिक उडड्यन प्राधिकरणको २७ औं बार्षिकोत्सवको अवसरमा देशभरका नागरिक उडड्यन कार्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
यसैविच रामेछाप नागरिक उडड्यन कार्यालयले बुधबार रामेछाप विमानस्थल परिसर र टर्मिनल भवन लगाएतको क्षेत्रमा सरसफाई गरेको छ । कार्यक्रममा रामेछाप नागरिक उडड्यन कार्यालयका प्रमुख अमित चौरसिया लगाएतका अधिकारीहरुको सहभागिता रहेको थियो । प्राधिकरणले हरेक बर्ष विभिन्न रचनात्मक कार्यका साथ बार्षिकोत्सव मनाउने गरेको छ ।
