रामेछाप । रामेछापका पत्रकारहरुलाई एआई सम्बन्धि ३ दिने तालिम बुधबार देखि मन्थलीमा शुरु भएको छ । यस प्रकारको तालिम रामेछापमा पहिलाे पटक आयोजना भएको हाे ।

प्रेस रजिष्टारको कार्यालय वाग्मती र नेपाल पत्रकार महासंघ रामेछाप शाखाले संयुक्त्त रुपमा आयोजना गरेको पत्रकारितामा एआई विषयक उक्त तालिममा रामेछाप जिल्लामा रहेका करिव ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

डिजिटल प्रविधि एआई लाई पत्रकारीतामा जोड्दै उत्पादित समाचारलाई गुणस्तरिय र प्रभावकारी वनाउनका लागि तालिम महत्वपुर्ण हुने नेपाल पत्रकार महासंघ रामेछापले जनाएको छ ।