रामेछाप । रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर श्रेष्ठ काँग्रेस प्रवेश गरेका हु्न् ।
बुधबार नेपाली काँग्रेस रामेछापद्धारा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिपी शालिकमा माल्यार्पण गर्ने कार्यक्रममा जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले श्रेष्ठलाई नेपाली काँग्रेसको सदस्यता प्रदान गरेका हुन् । उनले श्रेष्ठको आगमनले नेपाली काँग्रेसलाई थप संगठित बनाउनका लागि सहयोग पुग्ने वताए । कार्यक्रममा श्रेष्ठले नेपाली काँग्रेसको सिद्धान्त प्रति बफादार भई कार्य गर्ने विश्वास दिए ।
रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली काँग्रेसमा आश्था राख्ने व्यवसायीको टिममा महासचिव पदमा उमेदवार भएपछि नेकपा एमालेले उनलाई कारवाहि गरेको थियो । कारवाहि पछि श्रेष्ठ स्वतन्त्र रुपमा रहदै आएका थिए ।
