रामेछाप । बुधबार मन्थलीमा सबैभन्दा लामो समय सम्म हुस्सु लागेको छ । विहान देखि लागेको हुस्सु साँढे १० बजे सम्म पनि हटेको छैन् । यति लामो हुस्सु यस अघी लागेको थिएन । मन्थलीमा झण्डै १ महिना देखि लगातार हुस्सु लागिरहेको छ ।
हुस्सुका कारण जनजिवन कष्टकर बनेको छ । स्कुल जाने बालबालिका देखि सर्वसाधारणले बुधबार अत्याधिक चिसो दिन भन्दै घामको प्रतिक्षा गरिरहेका छन् । केहिले मन्थलीमा काठमाडौं भन्दा पनि चिसो भएको प्रतिक्रिया दिइरहेका छन् ।
तामाकोशी करिडोरमा विहान लाग्ने हुस्सु माथिल्लो भाग बाट बाक्लो देखिने गरेको छ । माथि डाडाँ तिर घाम चर्कदा पनि तामाकोशी किनारको हुस्सु हटेको हुदैन् । घाम ताते पछि बल्ल हुस्सु हट्ने गरेको छ ।
