रामेछाप । नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचिमा रामेछापका ग्याल्जे शेर्पालाई उमेदवार वनाएको छ ।
काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचिमा शेर्पाको नाम समावेश छ । नेपाली काँग्रेस रामेछापले उनी सहित १४ जनालाई समानुपातिक उमेदवारको लागि सिफारीस गरेको थियो ।
जनजाती महासंघका अध्यक्ष रहेका शेर्पा निर्माण व्यवसायी पृष्ठभुमिका हुन् । नेपाली काँग्रेस रामेछापको राजनीतिमा भने उनी १४ औं महाधिवेश पछि मात्र क्रृयाशिल भएका हुन् । रामेछापको उमाकुण्ड २ वाम्ती घर भएका शेर्पालाई काँग्रेसले जनजातिका तर्फबाट उमेदवार बनाएको हो ।
