रामेछाप । गाउँमा सिंहदरबार भन्ने भनाईलाई चरितार्थ गर्दै रामेछापको सुनापति गाउँपालिकाले प्रदान गर्दै आएका प्राय सवै सेवा वडा वडामा पुगेर गर्न थालेको छ ।

गाउँपालिकाबाट सम्पादन हुने काम मध्ये लेखा शाखा बाट प्रवाह हुने बाहेका प्राय सवै काम वडामानै पुगेर संपादन गर्ने गरी गाउँपालिकाले आईतबार बार देखि शिविर संचालन गर्न थालेको हो । गाउँपाकिलाका सबै ५ वटै वडामा शिविर संचालन गर्ने तालिका रहेको छ ।

हरेक वडामा १ दिन संचालन हुने. उक्त शिविरमा स्थानीय बासिन्दाले पालिकामा पुगेर लिनु पर्ने सवै पाउनेछन् । आईतबार गुन्सीमा पुगेको शिविरमा कृषि, स्वास्थ्य, सामाजिक सुरक्षा, विभिन्न योजनाहरुको निर्माणका लागि उपभोक्ताहरु संग संझौता, सेवा सम्बन्धि विभिन्न परामर्श लगाएतका काम गरिएका थिए ।

गाउँपालिकाबाट वडामा स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, कृषि प्राविधिक, योजना संझौताका लागि प्राविधिकहरु लिएर प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठ शिविरमा पुगेका छन् । उनले वडा तहमा सेवा संचालन गर्दा पालिकामा पुग्न नसकेकाले विभिन्न सेवा लिन सकेको वताए ।