रामेछाप । जिल्लामा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै दोलखाका उद्योगी व्यवसायीले करदाता सेवा कार्यालय दोलखामा आईतबार तालाबन्दि गरी विरोध जनाएका छन् ।

आईतबार कार्यालय खुल्ना साथै कर्मचारीहरुलाई कार्यालय भित्रै राखेर उनीहरुले कार्यालयको मुलढोकामा ताला लगाएका हुन् । आन्दोलित दोलखा चेम्बर अफ कमर्श, दोलखा जिल्ला निर्माण व्यवसायी संघ, दोलखा पर्यटन तथा होटल व्यवसायी संघ, दोलखा जिल्ला हार्डवेयर व्यवसायी संघ र दोलखा वितरक संघमा आवद्ध व्यवसायीहरुले कार्यालय भित्र रहेका कर्मचारीलाई भने बाहिर निस्कनका लागि बाटो दिने जनाएका छन् ।


बर्तमान चुनावी सरकारले गत कात्तिक २७ गतेको निर्णयले देशभरी छरिएका विभिन्न ३९ वटा करदाता सेवा कार्यालयहरुलाई एकै साथ खारेज गरेको थियो । कार्यालयले संपादन गर्दै आएका सिमित अधिकार स्थानीय सरकारलाई दिने गरी खारेजी गरीएको हो । तर उक्त कार्यालयले सम्पादन गर्दै आएका सवै कार्य स्थानीय सरकारले सम्पादन गर्न नसक्ने हुदाँ उद्योगी व्यवसायीलाई जिल्ला बाहिर गएर सेवा लिन बाध्य बनाएको भन्दै व्यवसायीहरुले कार्यालय खारेज गर्ने निर्णय सच्चाउन दबाव दिने उद्धेश्यले कार्यालयमा ताला लगाएका हुन् । आन्दोलनरत पक्षले करदाता सेवा कार्यालय खारेजिले दुर्गममा विभिन्न पेशा व्यवसाय गर्ने व्यवसायीले अनावश्यक दुख्ख बेहोेर्नुपर्नै र सेवा लिन अन्य जिल्लामा जानु पर्ने बाध्यता आउने वताउदै निर्णय सच्याउनका लागि माग गर्दै केहि दिन अघी विज्ञप्ति जारी गरेका थिए ।

सरकारले व्यक्तिगत प्यान जारी गर्ने र सिमित व्यवसायीहरुको करचुक्ता दिने बाहेक अन्य कामको अधिकार आन्तरिक राजश्व कार्यालयलाई प्रदान गरेको छ ।