रामेछाप । रामेछापको सुनापति गाउँपालिका ४ मा रहेको कुशेश्वर माविमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शुुक्रबार न्यानो कपडा वितरण गरिएको छ ।
बेथानको सुनापति भ्वासाँ च्यारेटि मेडिकल सेन्टरका संचालक बिमानसिं तामाङ र सचिव कमानसि तामाङ समेतको सक्रीयताम उक्त माविमा अध्ययन गर्ने १ सय ५७ जना विद्यार्थीहरुलाई न्यानो कपडा ( ट्याकसुट ) वितरण गरिएको हो ।
उक्त माविका पूर्व विद्यार्थी केशवसिं धामीको उपस्थितिमा भएको उक्त कार्यक्रममा बालिबालिकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको जनाइएको छ ।
च्यारिटि सेन्टरले यसअघी खाँडादेवि र सुनापति गाउँपालिकामा रहेका विभिन्न ५ वटा विद्यालयमा अध्ययन गर्ने ५ सय २५ जना बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिसकेको थियो ।
