रामेछाप । जिल्लाको सवैभन्दा ठुलो मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा पूर्णवहादुर सुबेदी निर्बिरोध निर्बाचित भएका छन् । सुबेदी यसअघीका अध्यक्ष हुन् ।
बिहिबार मन्थलीमा भएको साधारण सभाले समितिको उपाध्यक्षमा यमबहादुर बुढाथोकी, महासचिवमा ढाकल थापा र सचिवमा शान्ता न्यौपाने सुवेदीलाई निर्बिरोध निर्वाचित गरेको छ ।
समितिका विभिन्न ७ वटा क्षेत्रगत सदस्यहरुमा दामोदर प्रसाद घिमिरे, डेकराज श्रेष्ठ, दिपक भट्ट, श्याम श्रेष्ठ, शंकरवहादुर थापा र रामकुमार श्रेष्ठ पनि निर्बिरोध निर्वाचित भएका छन् । क्षेत्रगत सदस्यका लागि एरिया नम्बर १ मा आवश्यक भन्दा बढी आकांक्षिको मनोनयन दर्ता भएको छ ।
त्यसैगरी समितिको कोषाध्यक्ष र महिला सदस्यमा पनि आवश्यक भन्दा बढीको मनोनयन पत्र दर्ता भएको छ । संस्थाले बनाएको विनियम बमोजिम लेखा समितिको संयोजकमा पनि आवश्यक भन्दा बढी मनोनयन पत्र दर्ता भएका छन् । लेखा समितिका २ जना सदस्य भने निर्बिरोध निर्वाचित भएका छन् ।
