रामेछाप । रामेछापको मन्थली नगरपालिका १३ फुलासीमा बा ४ ख ७५३७ नम्बरको ट्रक दुर्घटनामा परेको छ । आज (मंगलबार ) दुर्घटनामा ३ जना घाईते भएका छन् । घाईतेको अवस्था सामान्य रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार फुलासीको मिल्तीबाट पोखरी तर्फ जादै गरेको ट्रक सडकमा पल्टिएको थियो । दुर्घटनाका कारण सडक अवरुद्ध रहेको छ । घाईतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी थप उपचारका लागि मन्थली तर्फ पठाइएको छ । प्रहरी र स्थानीयले अवरुद्ध भएको सडक खुलाउने प्रयास गरिरहेका छन् ।