रामेछाप । उज्यालो नेपाल पार्टी रामेछापको सोमबार भएको प्रथम जिल्ला भेलाले अन्जान लामाको नेतृत्वमा जिल्ला समितिको गठन गरेको छ ।

समितिमा राजकुमार मैनाली सचिव  र सदस्यहरुमा भिम बहादुर लामा, अमृत रुम्बा, विक्रम तामाङ, तिलक बहादुर तामाङ, जयराम घिसिङ, मान बहादुर तामाङ, सन्ते तामाङ, राम बल, खड्क थोकर, राजकुमार केसी, शेर बहादुर बल, सुकमान तामाङ, कुमार घिसिङ, कैलाश लामा, सुनिल लामा, नरेश तामाङ, सेरप लामा, अर्जुन घिसिङ, मिन बहादुर घिसिङ, भक्त बहादुर श्रेष्ठ, तिर्थ थापामगर, ज्ञान बहादुर लामा र राजकुमार तामाङ चयन भएका छन् ।

जिल्ला भेलाको पार्टीका संस्थापक नेता कुलमान घिसिङले सोमबार उद्घाटन गरेका थिए । उनले पुराना दलहरुले देशमा राजनितिक र नेतृत्वमा पटक पटक परिवर्तन गरे पनि देशलाई परिवर्तन नगरेको कारण नयाँ पार्टी आउनु परेको दावि गरे । मन्त्री घिसिङले आउदो निर्वाचनमा उज्यालो नेपाल पार्टीलाइ बहुमत सहित सरकारमा लैजान सकिने र त्यसबाट मात्र सहि समयमा सहि नेतृत्वले सहि निर्णय गरेर मुलुक लाई सम्बृद्दिमा लैजाने वताए ।   

भेला आयोजक समितिका संयोजक रामकृष्ण लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न बक्ताहरुले देशलाइ कुशासन बाट शुसासनमा लैजानका लागि उज्यालो नेपाललाई सरकारमा पठाउनु पर्ने वताएका थिए ।