रामेछाप । उज्यालो नेपाल पार्टीले रामेछापमा सोमबार प्रमथ जिल्ला भेलाको आयोजना गर्ने भएको छ । उक्त भेलाको उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले उद्घाटन गर्ने भएका छन् ।
शनिबार मन्थलीमा उक्त पार्टीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्ला भरीबाट उक्त भेलाका लागि करिव ५ सय कार्यकर्ताहरुको सहभागिता रहने छ । उक्त भेलाबाट जिल्ला अधिवेशनका लागि आयोजक समितिको चयन गर्नेछ ।
भेलाको संयोजनको भूमिकामा रहेका नेता रामकृष्ण लामाले उज्यालो नेपाल पार्टीमा जिल्लाका धेरै परिवर्तनकामी अगुवा नेता तथा युवाहरुको आकर्षण रहेको वताए । पुराना नेता भएता पनि सोच नयाँ राख्ने हरुको उज्यालो नेपाल पार्टीमा आउने लहर रहेको लामाले वताए । लामाले उज्यालो नेपााल पार्टीले देशमा मौलाएको विकृति विसंगतिको अन्त्य गर्दै शुसासनको प्रत्याभुति गराई देशको मुहार फेर्ने दावि गरे ।
कार्यक्रममा उक्त पार्टीका युवा संयोजक राज मैनालीले उज्यालो नेपाल पार्टीले युवाहरुलाई उनीहरुको योग्यता र क्षमता बमोजिमको जिम्मेवारी दिने उल्लेख गरे । नयाँ युगको शुरुवात गर्नका लागि उज्यालो नेपालको जन्म भएको मैनालीको दावि थियो ।
उज्यालो नेपाल पार्टीको पदाधिकारीमा मन्त्री घिसिङ नभएपनि उक्त पार्टी उनकै भएको दावि आयोजकले गरेका छन् । केन्द्रीय भेलामा समेत उनले संवोधन गरेका थिए । कुलमान घिसिङ रामेछापकै भएकाले उनी सम्लग्न भएको पार्टी भन्दै अरु पार्टीबाट उज्यालो नेपालमा प्रवेश गर्नेहरु बढेका छन् ।
