रामेछाप । लिखु खोलाको निकारै किनारको सडक संचालनमा आएप्छि पूर्वि रामेछाप र पश्चिमी ओलखढुंगाका बासिन्दाको यात्रा सहज बन्न थालेको छ । उक्त मार्गबाट मध्यपहाडि सडक जोडिन्छ ।
रामेछाप नगरपालिका ५ रामपुरको कोलञ्जोर घाटको पुल निर्माण पुरा भएपछि पूर्वि रामेछाप तराई र काठमाडौबाट छोटिएको हो । अव साँघुटारका बासिन्दाले काठमाडौं जान मन्थली हुदै जानु पर्दैन् । सिधैं मध्यपहाडि राजमार्गमा निस्केर काठमाडौंको यात्रा गर्दा हुन्छ । थोरै कच्छि सडक हिडेपछि कालोपत्र सडकको यात्राका लागि उक्त मार्ग स्थानीयको रोजाईमा पर्न थालेको छ ।
कोलञ्जोरको पुल तरेपछि अव साँघुटार हुदै ओखलढुंगा र सिरीसे ढाँडे हुदै पूर्वि रामेछाप र पश्चिमी ओखलढुंगाको यात्रा सहज, छरितो र सस्तो बन्न पुगेको हो ।कोलञ्जोर घाट देखि साँघुटार हुदै लिखु करिडोरको निर्माण सम्पन्न भएपछि छोटो मार्ग खुलेको हो । ‘अव काठमाडौंबाट गाडि चढेको मानिस साँघुटारमा खाना खान आईपुग्ने भएका छन् ’ पूर्व अरनिको यातायात समितिका रामेछाप जिल्ला ईन्चार्ज सुबाश फुयाँलले भने – मन्थली हुदै साँघुटार तर्फको सडकमा खाजाखाने बेलामा मात्र साँघुटार गाडि पुग्थ्यो । समितिले ओखलढुंगाको फेदिगुठ जाने र आउने बस लिखु करिडोरबाट क्यू हालेको छ । उक्त क्यूको बस काठमाडौंबाट विहानको ११ बजे साँघुटार पुगिसक्छ । जवकि केहि दिन अघी सम्म मन्थली हुदै जानु पर्दा झण्डै २ बजे मात्र साँघुटारमा बस पुथ्यो ।
लिखु करिडोर खुले पछि साँघुटार तर्फको भाडा समेत सस्तिएको छ । सजिलो सडक हुदै छिटो र सस्तो भाडा हुदाँ उक्त रुट अहिले त्यस तर्फको बासिन्दाको यात्रा गर्ने पहिलो रोजाई हुन थालेको रामेछाप ३ साँघुटारका वडा अध्यक्ष दलबहादुर प्रधानले वताए । केहि दिन अघी मात्र संचालन आएको उक्त रुटबाट यात्रा गर्ने धेरै हुन थालेका छन् ।
कोलञ्जोरबाट साँघुटार हुदै लिखु करिडोरमा मालबाहक साधनले पनि सहज आवागमन गर्न थालेका छन् । सिराहाको मिर्चैयाबाट ठुलो क्षमताको गाडिमा सामान बोकेर आउने १९ चक्के र सो भन्दा माथिका मालबाहक साधनहरु अहिले लिखु करिडोरमा सहज गुडिरहेका छन् । विपी राजमार्गमा त्यस्ता ठुला गाडिलाई आउजाउको अनुमति छैन् ।
‘सामान बोक्न पनि सजिलो भयो ’ थोक व्यवसायी तेजवहादुर कार्की भन्छन् – अहिले हाम्रा गाडि त्यहि बाटो गुड्न थालेका छन् । मन्थली हुदै धोवि बाट सिरीसे, ढाडे हुदै ओखलढुंगा जाने मालबाहक साधन अव तराईको सामान बोकेर सिधै कोलञ्जोरघाटको पुल भएर लिखु करिडोरमा गुड्न थालेको उनले वताए ।
साँघुटार करिडोरको सडक धेरै राम्रो अवस्थामा छ । कोलञ्जोर देखि साँडे किलोमिटर कालोपत्र र बाँकी सवै पेलेर राम्रो बनाएको कच्चि सडक भएकाले यातायातका साधन भनेको बेलामा गन्तव्यमा पुग्न थालेका हुन् । मन्थली बाट सालु हुदै साँघुटार जाने र मन्थली बाट धोवि हुदै सिरीसे झर्ने सडकहरुको अवस्था जर्जर रहेकाले यात्राका लागि जोखिम हुने, धेरै समय लाग्ने र यात्रा कष्टकर हुने गरेको छ । बर्षामा दुवै तर्फका सडकमा यात्रा गर्नेले भनेको बेलामा गन्तव्यमा पुग्न पाउदैनन् । गाडिमा हुने क्षतिको कुरा अलग्यै छ ।
सडक विभाग र प्रदेश सरकारको लगानीमा उक्त करिडोरको स्तरोन्नती हुने क्रममा छ । पूर्वाधार विकास कार्यालयले गत बर्ष मात्र झण्डै ८ मिटर चौडा गरेर साँढे ४ किलोमिटर सडक कालोपत्र गरेको हो । बर्षौ पछि कोलञ्जोर पुलको निर्माण सकिएपछि त्यस क्षेत्रका बासिन्दाले तराई र काठमाडौंको यात्रा सहज रुपमा र बाह्रै महिना गर्न पाउने भएका छन् ।
