रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा न्यायीक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालत रामेछापले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

गाउँपालिकामा संचालन भएको उक्त कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले सर्वसाधारणलाई न्याय सेवाका बारेमा सचेतना जगाउने सम्बन्धमा कार्यक्रमको आयोजना गरीएको वताए । उनले अदालतमा आउने खालका मुद्धाका प्रकार, न्याय निरुपणमा लाग्ने प्रकृया लगाएतका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा श्रेस्तेदार सुरेश केसी र तहसिलदार बिमला पन्थीले सर्वसाधारण नागरिकले मुद्धाको प्रकृति र कुन प्रकारका मुद्धा कुन क्षेत्रमा जाने भन्ने कुराको जानकारी नहुदाँ समस्या हुने गरेको वताउदै अदालत सम्म आउने प्रकृतिका मुद्धाका विषयमा प्रकाश पारेका थिए । अदालतमा विचाराधिन अवस्था र फैसला कार्यान्वयनको अवस्था समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

जिल्ला न्यायाधीश नेपालले स्थानीय तह संचालन ऐन बमोजिम दोरम्बा शैलुङ गाउँपालिकाको न्यायीक समितिले सम्पादन सम्बन्धि क्रियाकलापको अनुगमन समेत गरेका थिए ।