रामेछाप । रामेछापको मन्थली नगरपालिका १ रणजोर खोला नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुधबार विहान उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृतक रामेछाप नगरपालिका २ का जयबहादुर रैकामगर भएको खुलेको छ । रैकामगर मन्थलीमानै बसोवास गर्दै आएका थिए ।

प्रहरीले उनको मृत्यूको बारेमा अनुसन्धान अघी बढाएको छ । प्रारम्भिक अनुसन्धानमा मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा रातीको चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यू भएको हुन सक्ने अनुमान प्रहरीको छ । थप अनुसन्धान अघी बढाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पठाइएको छ ।