रामेछाप । नेपाली काँग्रेसका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले मंगलबार रामेछापको मन्थली नगरपालिकाका विभिन्न ३ विद्यालयमा अध्ययन गर्ने करिव ३ सय ५० जना बालबालिकाहरुलाई न्यानो कपडा .( ट्याकसुट ) वितरण गरेका छन् ।
मन्थली वडा नम्बर २ धारापानीको बाल ताम्रकौशिका आधारभुत विद्यालयका ७७ , वडा नम्बर १० चनखुको सरस्वति माविमा अध्ययन गर्ने १ सय ७७ जना र हरिसिद्धी माविमा अध्ययन गर्ने १ सय जनालाई चौलागाईले न्यानो कपडा वितरण गरेका हुन् ।
सोमबार मात्र नेता तथा समाजसेवि चौलागाईले मन्थली नगरपालिका वडा नम्बर ८ र ११ का विभिन्न ४ वटा विद्यालयमा अध्ययन गर्ने झण्डै ६ सय बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका थिए । चौलागाईले शिक्षा क्षेत्रमा बर्षौ देखि विभिन्न सहयोग गर्दै आएका छन् ।
