+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पैसा नलिई कुल उतार्ने कुलायन गुरु 

10 घन्टा पहिले प्रकाशित

रामेछाप । कुलदेवताको पुजा अर्थात देवालीमा कुल उतार्ने कुलायन गुरु महंगा हुन थालेका छन् । एउटा कुल पुजामा ३ देखि ५ लाख रुपैयाँ नदिए सम्म काम नगर्ने भन्ने कुलगुरुका विचमा रामेछापका कुलायन गुरु दिपक खड्का भने अलग देखिएका छन् ।

लाखका लाख कबुलेर कुल उतार्ने र केहि बर्षमानै गाडि हैसियतमा देखिने कुलायन गुरुको समाजमा बिगबगी भएका बेलामा कुलायन गुरु खड्का भने कुल उतार्नका लागि पैसाको बार्गेनिङ गर्दैनन् बरु उल्टै आफुलाई भेटी आएको पैसाको कोष बनाएर राख्न भन्दै काम लगाउने समुदायकै जिम्मा छोडेर आउछन् । उनलाई त्यसो गर्दा कुनै विस्मात छैन, बरु प्रशन्न छन् । ‘मेरा चेला बढेका छन्, मैले छोडेको भेटिले कुलायन मन्दिर बनेका छन्, मलाई त्यसैमा गर्व छ’ खड्काले भने ।

रामेछापको गोकुलगंगा गाउँपालिका ५ नामाडीका कुलायन गुरु दिपक खड्का केहि बर्ष देखि कुलायन गुरुका लागि जिल्लामा मात्र नभै आसपासका धेरै जिल्लामा कहलिएका छन् । झण्डै ३ सय वटा कुल पुजा ( देवालीमा ) मा कुल उतार्ने अर्थात धामी उतार्ने काम गरेका उनले हाल सम्म कसैबाट पैसा लिएका छैनन् ।

‘मैले कमाएको भए करोडौं हुन्थ्यो ’ खड्का भन्छन् – अरुले लिएको जति मात्र पैसा लिएको भए यस बर्ष मात्र मैले झण्डै डेढ करोड भन्दा बढी कमाउथे । गएको बैशाख देखि मंसिर सम्म उनले करिव ४० भन्दा बढी कुल पुजामा कुलायन गुरुको काम गरे खड्का भन्छन् – ति कुनैमा पनि उनले पैसाको कुरा गरेनन् ।

कुल गुरु खड्काले धेरै जिल्लामा कुल उतार्ने काम गरेका छन् । उदयपुर देखि पर्सा सम्म, सर्लाहि देखि दोलखा सम्म र सिन्धुली देखि गोरखा सम्म कुल पुजामा उनको खोजि हुन थालेको छ । सितिमिति धामीहरुले बर्षौ सम्म उतार्न नसकेको कुल उतार्नका लागि खड्का कस्सिने गरेका छन् । उनले गरेको साधना र तान्त्रिक विद्याको अघी कसैको केहि लाग्दैन्, । कसैले नगरेको काम गरेकाले उनको तारिफ समेत धेरै हुन थालेको छ । खड्काले काम थालेपछि फत्ते गरेर मात्र फर्कन्छन् ।

कुलायन गुरु खड्काका अहिले आफु पगेका जिल्लामा करिव ५ सय जति चेला बनेका छन् । चेलाका कारण उनी सवै तिर कहलिएका छन् । चेलाहरुले उनको सम्मानमा ‘कुलायन गुरु दिपक चेला परिवार’ नामको संस्थानै दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ता भएको उक्त संस्थाको संरक्षकमा खड्का स्वयंलाई राखिएको छ । संस्थाले कुलको स्मरणमा मन्दिर निर्माण गर्ने लगाएतका कार्य गर्ने लक्ष्य राखेको छ ।

‘मेलै बनाएका चेलाहरुले मेरो सम्मान गरेर संस्था बनाएका छन् ’ खड्का भन्छन् – अव सो संस्थाका लागि मैले काम गर्दा आएको भेटि मध्ये केहि प्रतिशत भेटि छुट्याउन थालेको छु । एउटा कुलपुजामा ७ हजार जति पैसा संस्थालाई छुट्याएर अरु त्यहि समुदायलाई दिने गरेको उनले वताए ।

झण्डै एक सताब्धि सम्म कुल पुजा नभएको रामेछापको खाँडादेवि ३ भिरपानीमा वसोवास गर्ने लामिछाने खत्रीहरुले केहि दिन अघी मात्र कुलपुजा गरे । उक्त कुल पुजामा कुल उतार्नका लागि डाकिएका कुलायन गुरु खड्काको भेटि मात्र १ लाख २१ हजार पुगेको थियो । उनले उक्त भेटि कुल मन्दिर वनाउनका लागि उपलव्ध गराए । अरुले कुल उतार्नका लागि महिनौ सम्म लगाउने र लाखौंको खर्च गराउने गर्छन् तर खड्का भने ५ दिनमा आफ्नो काम फत्ते गरेर फर्कन्छन् । खड्काको अर्को राम्रो पक्ष के छ भने उनी बाटो खर्च समेत कसैसंग माग्दैनन् । भरसक आफ्नै साधनमा आफै ईन्धन हालेर कुद्ने गरेका खड्का सवैका प्रिय बनेर समाजमा कुलायन गुरुको रुपमा ख्याति बटुल्दै छन् ।

धेरै स्थानमा कुल उतार्ने धामीका लागि शूल्क उठाएर समाजले राख्ने गरेको र उक्त रकम खड्कालाई दिन प्रयास नभएका हैनन् । तर खड्का भने पैसा लिएर काम गर्दैनन् । ‘त्यसैगर्दा रमाईलो लाग्छ, ऋण धन आफ्नो ठाउमा छ, कुलको काम गर्दा म पैसा लिन्न ’ खड्काले भने । आफुले सुरु गरेको कुल मन्दिर बनाउने अभियान अन्तरगत झण्डै १० स्थानमा कुल मन्दिर बनिसकेको खड्काले वताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

टेकनपुर र चनखुका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रामेछाप । नेपाली काँग्रेसका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले मंगलबार रामेछापको मन्थली नगरपालिकाका विभिन..

2 घन्टा पहिले

पैसा नलिई कुल उतार्ने कुलायन गुरु 

रामेछाप । कुलदेवताको पुजा अर्थात देवालीमा कुल उतार्ने कुलायन गुरु महंगा हुन थालेका छन् । एउटा कुल पुजामा ३ देखि ५ ..

10 घन्टा पहिले

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका भित्रका ..

15 घन्टा पहिले

काँग्रेसमा माननीय हुन चाहने सवैको नाम केन्द्रीय समितिम..

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार हुन चाहेर दरखास्त दिने सवैको न..

1 दिन पहिले

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

2 दिन पहिले