+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

काँग्रेसमा माननीय हुन चाहने सवैको नाम केन्द्रीय समितिमा पठाईने

23 घन्टा पहिले प्रकाशित

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार हुन चाहेर दरखास्त दिने सवैको नाम केन्द्रीय समितिमा पठाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेस रामेछापले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रनिनिधिसभाको प्रत्यक्ष तर्फ १० जना, समानुपातिकमा १४ जना र राष्ट्रिय सभाका लागि ५ जनाले उमेदवारी हुनका लागि निवेदन दिएका थिए । केन्द्रीय समितिको निर्देशन बमोजिम प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ १ महिला सहित ३ जना, समानुपातिकमा १ महिला सहित २ जना र राष्ट्रिय सभामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो ।

पार्टीमा आसन्न जिल्ला अधिवेशन र निर्वाचन समेतलाई ध्यान दिएर कुनै पनि नेता तथा कार्यकर्ताहरुको मनमोटाव हुन नदिनका लागि आएका सवैलाई सिफारीस गर्ने निर्णय गरेको जिल्ला सभापति पूर्णवहादुर तामाङले वताए । ‘अरु जिल्लामा पनि तोकिएको भन्दा धेरै अर्थात चाहने जति सवैको नाम केन्द्रमा पठाएको छ, हामीले पनि त्यहि गरेका हौ ’ उनले भने ।

सोमबार मन्थलीमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार नेपाली काँग्रेस रामेछापले आईतबार साँझ प्रकाशित गरेको सूचना बमोजिम प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उमेदवारका लागि विघटित प्रतिनिधिसभाका सांसद तथा जिल्ला सभापति पूर्णवहादुर तामाङ सहित १० जनाको नाम सिफारीस भएको छ । सिफारिस हुने सूचिमा यस अघी प्रदेशसभा क बाट उमेदवार भई पराजित भएका रत्नवहादुर कार्की समेत रहेका छन् ।

प्रत्यक्षको उमेदवारीमा दावि गर्नेमा भरतप्रसाद चौलागाई, विरवहादुर तामाङ, युवराज भट्टराई, अर्जुनकुमार केसी, रामकृण्ण खड्का, जितेन्द्रकुमार मोक्तान, रत्नहरी ढुंगेल र जिवनवहादुर कार्की रहेका छन् ।

समानुपातिक तर्फ सिफारिस भएकामा रामकुमार खड्का, मिनाकुमारी कार्की, झनकवहादुर श्रेष्ठ, गंगाकुमारी अधिकारी, रामकुमारी डाँगि श्रेष्ठ, गेल्जे शेर्पा, बेदराज लामा, कुमारी हायु, विनीता खड्का, कल्पना खड्का, हिमालदाश श्रेष्ठ, गेल्जे शेर्पा लामा , मुक्तवहादुर महते र बलबहादुर दमाई रहेका छन् । राष्ट्रिय सभा सदस्यका लागि डा. सुमन कर्माचार्य, विनोदवहादुर कार्की, शिवकुमार श्रेष्ठ, आङटावा शेर्पा र रामचन्द खड्काको नाम सिफारीसमा परेको छ ।

काँग्रेसमा प्रतिनिधिसभाको दुवै तर्फ र राष्ट्रिय सभा सदस्यका लागि उमेदवार हुन ठुलो मात्रामा आकांक्षि हुन सक्ने अनुमान गर्दै काँग्रेसले त्यस्तो संख्यालाई कम गर्न विभिन्न शर्तबन्देज गरी दरखास्त आव्हान गरेको थियो । शर्तहरुमा काँग्रेसमा तिर्नुपर्ने लेबि तिर्न बाँकी नभएको, एक अवधि कुनै पनि तहमा उमेदवारी दावि नगर्ने प्रतिबद्धता जनाएको, क्रियाशिल सदस्य भएको १० बर्ष पुरा भएको, जनप्रनिनिधि नभएको र २०७९ सालको निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचीमा नाम नभएको हुनुपर्ने थिए । त्यसैगरी उमेदवार हुन चाहनेले प्रनिनिधिसभाको प्रत्यक्ष तर्फ १५ हजार, समानुपातिक र राष्ट्रिय सभाका लागि ५÷५ हजार शूल्क समेत तोकिएको थियो ।

सोमबारको पत्रकार भेटघाटमा उपसभापति लेखवहादुर कार्की र प्रबक्ता कुमार श्रेष्ठ लगाएतले पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

पैसा नलिई कुल उतार्ने कुलायन गुरु 

रामेछाप । कुलदेवताको पुजा अर्थात देवालीमा कुल उतार्ने कुलायन गुरु महंगा हुन थालेका छन् । एउटा कुल पुजामा ३ देखि ५ ..

3 घन्टा पहिले

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका भित्रका ..

7 घन्टा पहिले

काँग्रेसमा माननीय हुन चाहने सवैको नाम केन्द्रीय समितिम..

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार हुन चाहेर दरखास्त दिने सवैको न..

23 घन्टा पहिले

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

2 दिन पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

2 दिन पहिले