रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आयोजित एक कार्यक्रममा ध्रुव लामिछानेको संयोजकत्वमा मदिरा संघ रामेछापको तदर्थ समिति गठन भएको छ ।
संघका बागमति प्रदेश समितिका अध्यक्ष हरी दाहालको उपस्थितिमा भएको मदिरा व्यवसायीहरुको भेलाले संघको तदर्थ समितिमा राजु थापा, श्याम श्रेष्ठ, शिव श्रेष्ठ, रामचन्द्र अधिकारी, रबिन्द्र कार्की , जय श्रेष्ठ, राज खड्का, देबचन्द्र कठायत, विष्णु बोहोरा र ईन्द्र गुरुङ रहेका छन् ।
कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्याम थापाले मदिरा व्यवसायीहरु संगठित भएकोमा प्रशन्नता व्यक्त गर्दै व्यवसायीक क्षेत्रमा आउने चुनौतिहरुको सामना गर्न सक्षम हुनेमा आशावादी रहेको वताए ।
