+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै कालोपत्र सडकको सुविधा

3 दिन पहिले प्रकाशित

रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारको काम तिब्र पारिएको छ । बर्षौ देखि खाल्डाखुल्डी सडकमा यात्रा गर्दै आएका स्थानीय बासिन्दा गाउँमै कालोपत्र सडकमा यात्रा गर्न पाउने आशामा हौसिएका छन् ।

अवको केहि महिनामा कालोपत्र सडकमा पश्चिमी रामेछापका खनियापानी, बेथान, हिलेदेवि लगाएतको क्षेत्रका बासिन्दाले कालोपत्र चौडा सडकमा सहज यात्रा गर्न पाउने छन् । सडक स्तोन्नतिले दिमी, खाँडादेवि दोरम्बा लगाएतका क्षेत्रका बासिन्दाले पनि सुविधा उपयोग गर्ने अवस्था आउनेछ । ‘अव हामी चाडै कालोपत्र सडकमा सहज यात्रा गर्ने छौं ’ हिलेदेविका कृष्णवहादुर तामाङले वताए ।

एशियाली विकास बैंकको न्यून ब्याजदरको ऋण सहयोगमा संचालित ग्रामिण यातायात पहुँच सुधार आयोजना ( आरसिआईपी ) कार्यक्रमबाट साविक खनियापानी गाविसको कटुञ्जे देखि साविक हिलेदेवि गाविसको आरुखर्क सम्मको १६ किलोमिटर सडक कालोपत्र हुन लागेको हो । उक्त सडक ८ मिटर चौडाको हुनेछ । जसमध्ये साँढे ५ मिटर कालोपत्र गर्ने लक्ष्य रहेको छ । सुनापति गाउँपालिकामा प्राय बस्ती नभेटने गरी निर्माण भएको मध्यपहाडि सडक भन्दा बाहेक सबैभन्दा बढी भाग छोएर सुविधा दिने लामो कालोपत्र सडक यहिनै हुने छ । सडकले खनियापानी, बेथान र हेलेदेविका ठुलो जनघनत्व भएका क्षेत्र समेटेको छ ।

दोहोरो यातायात संचालन हुने गरी निर्माणाधिन उक्त सडकका लागि भिओ सहित करिव ५२ करोड लागत लाग्नेछ । उक्त रकममा भ्याट र पिएस सहित जोडिएको निर्माण व्यवसायी कम्पनी आषिश÷आशिर्वाद÷स्वामिनारायण जेभीका डिवि मगरले वताएका छन् । उनका अनुसार आउदो चैत मसान्त सम्म म्याद रहेको उक्त आयोजना सुरुमा केहि विवादका कारण पछि धकेलिएको थियो । सुरुमा काम गर्न नपाएकाले केहि अवधि थप गरेर कार्य सम्पन्न गर्ने लक्ष्य रहेको उनले वताए । ‘हामी ढिलोमा आउदो असार सम्ममा सडक कालोपत्र सक्ने गरी काम गरिरहेका छौं ’ मगरले भने ।

ग्रामिण यातायात पहुँच सुधार आयोजना भक्तपुरका प्रमुख मदन आलेका अनुसार लुभु बेथान हिलेदेवि सडक आयोजनाको काम करिव ५० प्रतिशत सकिएको छ । उक्त सडकमा अधिकांश स्थानमा टेवापर्खाल, ग्याबियन र नाला निर्माणको काम सकिएको छ भने केहि स्थानमा सव–बेस राख्ने काम समेत थालिएको छ । उक्त सडक डिबिएसटी प्रविधि बाट कालोपत्र गर्ने जनाइएको छ । यो प्रविधि भनेको विटुमिन माथि मसिना गिट्टी छरेर गर्ने कालोपत्र हो ।

आलेका अनुसार स्थानीय नागरिकले सडक स्तरोन्नतिका लागि स्वच्छिक रुपमा जग्गा उपलव्ध गराएका थिए । साविकमा रहेका कच्चि सडकलाई चौडा पारेर हाल काम भईरहेको हो । सडक रेखामा पर्ने घर टहराको भने कार्यविधि बमोजिम मूल्यांकन गरेर क्षतिपूर्ति दिने उनले उल्लेख गरेका छन् । ‘भर्खर कार्यविधि आएको छ, हामी सडकमा परेका घर टहराको मूल्यांकन गरेर क्षतिपूर्ति उपलव्ध गराउनेछौं ’ आलेले भने ।

सडक निर्माणका अरिरीक्त स्थानीय बासिन्दालाई रोजगारमुखी शिप प्रदान गर्ने लक्ष्य समेत रहेको छ । विभिन्न खालका शिपमुलक तालिमको प्याकेज बनाएर संचालन गर्ने गरी गृहकार्य भइरहेको आलेले वताए ।

संघीय सरकारको पूर्वाधार विकास विभागले अनुगमन गर्ने उक्त आयोजना बागमति प्रदेशले प्रत्यक्ष रुपमा कार्यान्वयन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

13 घन्टा पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

23 घन्टा पहिले

रामेछापका मदिरा व्यवसायी संगठित

रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..

2 दिन पहिले

पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार

रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..

2 दिन पहिले

सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..

रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..

3 दिन पहिले