+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष घिमिरे सम्मानित

4 दिन पहिले प्रकाशित

रामेछाप । बागमति प्रदेश सहकारी संघ लिटिमेडको पाँचौ बार्षिक साधारणसभामा रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्दप्रसाद घिमिरे सम्मानित भएका छन् ।

बिहिबार ललितपुरमा आयोजित संघको बार्षिक साधारण सभा कार्यक्रममा बागमति प्रदेशका सहकारी संस्था मध्ये उत्कृष्ठ संचालक पदाधिकारीको रुपमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष घिमिरे सम्मानित भएका हुन् । घिमिरे दोश्रो कार्यकालका लागि हालै मात्र उक्त संस्थाको अध्यक्ष पदमा निर्बाचित भएका थिए । रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर साे संस्थाले १७ हजार शेयर सदस्यहरुका बिचमा करिव १ अर्ब ४० करोड भन्दा माथिको काराेवार गर्दै आएको छ ।

बागमति प्रदेश सरकार सहकारी तथा गरिवि निवारण मन्त्री बिनु रायमाझी पौडेलले उत्कृष्ट संचालक घिमिरेलाई दोसल्ला र कदर पत्र प्रदान गरी सम्मान गरेकी हुन् । बागमति प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहकारीका विभिन्न विधामा उत्कृष्ठ संस्था, संचालक, व्यवस्थापक, संचारकर्मी, अभियान्ता लगाएतलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

13 घन्टा पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

23 घन्टा पहिले

रामेछापका मदिरा व्यवसायी संगठित

रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..

2 दिन पहिले

पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार

रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..

2 दिन पहिले

सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..

रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..

3 दिन पहिले