रामेछाप । बागमति प्रदेश सहकारी संघ लिटिमेडको पाँचौ बार्षिक साधारणसभामा रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्दप्रसाद घिमिरे सम्मानित भएका छन् ।
बिहिबार ललितपुरमा आयोजित संघको बार्षिक साधारण सभा कार्यक्रममा बागमति प्रदेशका सहकारी संस्था मध्ये उत्कृष्ठ संचालक पदाधिकारीको रुपमा मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष घिमिरे सम्मानित भएका हुन् । घिमिरे दोश्रो कार्यकालका लागि हालै मात्र उक्त संस्थाको अध्यक्ष पदमा निर्बाचित भएका थिए । रामेछाप जिल्लालाई कार्यक्षेत्र बनाएर साे संस्थाले १७ हजार शेयर सदस्यहरुका बिचमा करिव १ अर्ब ४० करोड भन्दा माथिको काराेवार गर्दै आएको छ ।
बागमति प्रदेश सरकार सहकारी तथा गरिवि निवारण मन्त्री बिनु रायमाझी पौडेलले उत्कृष्ट संचालक घिमिरेलाई दोसल्ला र कदर पत्र प्रदान गरी सम्मान गरेकी हुन् । बागमति प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहकारीका विभिन्न विधामा उत्कृष्ठ संस्था, संचालक, व्यवस्थापक, संचारकर्मी, अभियान्ता लगाएतलाई सम्मान गरिएको थियो ।
