+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

सुनापति गाउँपालिकामा करदाता शिक्षा कार्यक्रम

4 दिन पहिले प्रकाशित

रामेछाप । सुनापति गाउँपालिकामा बिहिबार करदाता शिक्षा , व्यवसाय दर्ता नविकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा भएको हो ।

सरकारले जिल्लामा रहेको करदाता सेवा कार्यालय खारेज गरेको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा कर के हो ? यसका प्रकारहरु कति छन् ? कुन व्यवसायी या प्राकृतिक व्यक्तिले कस्तो खालको उद्योग व्यवसाय दर्ता गर्नुपर्छ ? र कति कर तिर्नुपर्छ ? उद्योग तथा प्रशासन सम्बन्धि उद्योग वाणिज्य कार्यालयले सम्पादन गर्ने कार्य लगाएतका विषय समावेश गरि सुनापति गाउँपालिकाका विभिन्न भागमा रहेका उद्योगी व्यवसायीहरुलाई प्रशिक्षण गरिएको थियो ।

सरकारले करदाता सेवा कार्यालय खारेज गरी स्थायी लेखा नम्बर जारी गर्ने, करचुक्ता दिने लगाएतका कार्य स्थानीय सरकारलाई दिने निर्णय गरेको छ । निकट भविष्यमानै स्थानीय तहले कर सम्बन्धि कार्य थाल्नेछन् ।

कार्यक्रमको सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईले उद्घाटन गरेकी थिईन् । कार्यक्रममा उपाध्यक्ष विष्टले कतिपय व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संग कर सम्बन्धि सचेतनाको अभावका कारण कारवाहि भोग्न विवस रहेको परिप्रेक्ष्यमा गाउँपालिकाले यस सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गर्नका लागि सहकार्य गरेको वताईन् ।

कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय रामेछापका कार्यालयका प्रमुख खेमराज घिमिरे, सुनापति गाउँपालिका राजश्व शाखा प्रमुख सर्पलाल कोली र रामेछाप उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत नविन कुमार केसीले प्रशिक्षण दिएका थिए ।

रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठको अध्यक्षता भएको सो कार्यक्रममा सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठ, घरेलु तथा उद्योग कार्यालय रामेछापका प्रमुख खेमराज घिमिरे र रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरेले कार्यक्रमको महत्वका बारेमा आ आफ्ना धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

15 घन्टा पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

1 दिन पहिले

रामेछापका मदिरा व्यवसायी संगठित

रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..

2 दिन पहिले

पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार

रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..

2 दिन पहिले

सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..

रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..

3 दिन पहिले