सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले निर्धारित समयमै निर्वाचन सम्पन्न गराई गैरदलीय सरकारलाई विदा गर्नुपर्ने आवश्यकता दोहोर्याएका छन् । मुलुक राजनीतिक दलकै नेतृत्वमा अघि बढ्नुपर्ने उनले मन्तव्य राखे– राजनीतिक दललाई दीर्घकालसम्म शासन व्यवस्थाबाट बाहिर राखेर स्थिरता सम्भव नहुने बताउँदै ।
सिन्धुली उद्योग वाणिज्य संघको ३५औँ साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले संघीय सरकार लामो समय जनप्रतिनिधिविहीन रहन नहुने स्पष्ट पारे । उनले भने, “समयमै निर्वाचन सम्पन्न भई जनप्रतिनिधिमूलक सरकार गठन हुन आवश्यक छ । गैरदलीय सरकार आफूखुसी चल्दा हेटौंडाका व्यवसायीले भोगेको कठिनाइ सबैको सामु छ ।”
व्यवसायीमाथि पटक–पटक सडक भत्काउनेजस्ता गतिविधि हुँदा सरकारले समाधान खोज्न नसकेको उल्लेख गर्दै उनले नागरिकको नाममा बनेको सरकारले उल्टो समस्या बढाएको दाबी गरे । प्रदेश सरकार गरिब, किसान र विपन्न नागरिकलाई प्राथमिकता दिएर काम गरिरहेको बताउँदै उनले प्राविधिक सीप विकासमार्फत मुलुकमै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
मुख्यमन्त्री बानियाँले निजी क्षेत्रलाई आगामी बजेट निर्माणभन्दा अघि नै आफ्ना प्रस्तावहरू पेश गर्न आग्रह गर्दै प्रदेश सरकार सहकार्यका लागि तयार रहेको दोहोर्याए ।
यसै कार्यक्रमलाई सम्बोधन गर्दै विघटित प्रतिनिधिसभाका कांग्रेस मुख्य सचेतक श्याम घिमिरेले संविधानको धारा ७६ बाहेक अन्य कुइने आधारमा प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे । प्रतिनिधिसभा विघटन संविधानअनुसार नभएको जनाउँदै उनले संवैधानिकताको कुरा नै नगरी गरिएको विघटन स्वतः असंवैधानिक भएको दाबी गरे । साथै, प्रदेशमा व्यवसायीमैत्री वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।
त्यसैगरी, विघटित प्रतिनिधिसभाका सांसद तथा नेकपा नेता राजन दाहालले दल कमजोर पारेर मुलुकलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्र चलिरहेको आरोप लगाए । “नेपाललाई युक्रेनजस्तो अवस्थातिर लैजाने प्रयत्न भइरहेकाले सतर्कता आवश्यक छ,” उनले चेतावनी दिए । जेनजी आन्दोलनपछि व्यवसायिक वातावरण थप कमजोर बनेको उल्लेख गर्दै उनले बाह्य लगानी आकर्षित गर्न नयाँ परिस्थितिको आवश्यकतामाथि जोड दिए । संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने सुझाव पनि उनले राखे ।
विघटित प्रतिनिधिसभाकी सांसद तथा कांग्रेस सचेतक सुशीला थिङले वर्तमान सरकार संवैधानिक रहेको बताउँदै, संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापना माग गर्दै आफूहरू अदालत गएको स्पष्ट पारिन् । उनले समाजमा बढ्दो ‘भाइरल प्रवृत्ति’ ले देशलाई गलत दिशातिर लैजाने जोखिम रहेको बताउँदै, जिम्मेवारीबोधका अभावले नै समस्या चुलिएको टिप्पणी गरिन् ।
निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री बानियाँ
7 महीना पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
1 दिन पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
1 दिन पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
2 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
2 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
2 दिन पहिले
संवाददाता
संवाददाता
