+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

गाउँपालिकामा टिक्नै सक्दैनन् हाकिम, हाजिर भएको २२ दिनमै खाँडादेविका प्रप्रअको सरुवा

6 दिन पहिले प्रकाशित

रामेछाप । रामेछापको खाँडादेवि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चोलरमण अधिकारीको हाजिर भएको २२ दिनमानै सरुवा भएको छ । मंसिर १ गते गाउँपालिकामा हाजिर भएका उनको २२ गते अन्यत्र सरुवा गर्ने निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको छ ।

उक्त गाउँपालिकामा यसअधि शिशिर उपाध्याय प्रमुख प्रशासकिय अधिकृत थिए । उनी झण्डै ८ महिना मात्र प्रमुख प्रशासकिय अधिकृतको रुपमा बसेर अन्यत्र सरुवा भएर गए । त्यसअघीका प्रमुख प्रशासकिय अधिकृत पदमवहादुर वस्नेत पनि ७ महिना जतिमा गाउँपालिकाबाट सरुवा भएर अन्यत्र गए ।

जनप्रनिनिधि र प्रमुख प्रशासकिय अधिकृत विच कुरा नमिल्दा छोटो अवधिमा प्रमुख प्रशासकिय अधिकृतहरु सरुवा मिलाएर हिड्ने गरेको खाँडादेवि मात्र हैन, रामेछापका दोरम्बा शैलुङ, लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिका पर्छन् । चारै वटा पालिकामा आउने प्राय सवै हाकिमहरु जनप्रतिनिधिहरुको दबाबमा काम गर्न नसकेर अन्यत्र सरुवा मिलाएर कुद्नमानै केन्द्रीत हुन थालेका छन् ।

उमाकुण्ड गाउँपालिकामा आएका प्रमुख प्रशासकिय अधिकृत अभिनय अधिकारी ३ महिना, जितवहादुर श्रेष्ठ ३ महिना, अभिजित सुनुवार २ महिना र सुनिता अर्याल २ महिना मात्र टिक्न भ्याए ।

गाउँपालिकाका जनप्रनिनिधि र कार्यालय प्रमुख विचकै झगडाका विच हाकीमहरु नटिक्ने गाउँपालिकाहमा रामेछापको उमाकुण्ड अरु भन्दा अघी देखिएको छ । पछिल्लो अवधिमा धनेन्द्र भुजेल पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका छन् । तर उनी पनि धेरै टिक्ने हाकिममा पर्दैनन् । रामेछापको सुनापति र लिखु तामाकोशी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको भूमिका निभाईसकेका उनको विगत पनि लामो अवधि अडिने खालको देखिएको छैन् ।

प्रमुख प्रशासकिय अधिकृत नटिक्ने दोरम्बा शैलुङ गाउँपालिकामा लामो अवधि निमित्तको भरमा चलेको छ । स्वास्थ्य क्षेत्रका जनस्वास्थ्य निरीक्षक नरेश महतोले २ बर्ष देखि निमित्त चलाएको उक्त पालिकामा विचमा आएका दुई जना प्रमुख प्रशासकिय अधिकृत ज्वाई पाहुना जस्तै भए । उनीहरु आए, हाजिर भए अनि जनप्रनिधिको व्यवहार देखेर सरुवा मिलाएर अन्त गए । ‘दोरम्बा शैलुङमा कोहि टिक्नेवाला छैन् ’ एक स्थानीय बासिन्दा भन्छन् – यहाँ नियमानुसार काम गर्ने भन्दा पनि अध्यक्षको जुँगा हेरेर काम गर्ने हाकिम चाहिन्छ, त्यो गर्न नसक्नेले टिक्न गाह्रो छ ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवति न्यौपानेले देश भरीका निमित्त प्रमुख प्रशासकिय अधिकृतहरुलाई खोसेर प्रशासकिय अधिकृतनै पठाईन् । तर उनले पठाएका प्रमुख प्रशासकिय अधिकृत दुई दिनका पाहुना मात्र भए । उनीहरु टिक्न नसक्ने भनेर हिडेपछि उनै नरेश महत्तोले दोरम्बा शैलुङको बागडोर हाँकिरहेका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा भने तुलनात्मक रुपमा प्रमुख प्रशासकिय अधिकृत धेरै बस्ने गर्छन् । गोकुलगंंगामा सरदर १ बर्ष जस्तो प्रमुख प्रशासकिय अधिकृत वस्ने गरेको तथ्याङ्क छ ।

जिल्लाका दुई नगरपालिका मन्थली र रामेछापमा भने रहर पुगिन्जेल सम्म प्रमुख प्रशासकिय अधिकृत वस्ने गर्छन् । मन्थली नगरपालिका पनि प्रमुख प्रशासकिय अधिकृत नटिक्ने नगरपालिकामा दर्ज भएको थियो । तर पछिल्लो अवधिमा मन्थली नगरपालिकामा बस्न चाहुन्जेल सम्म हाकिमहरु रहन सकेका छन् । जनप्रनिधिले प्रमुख प्रशासकिय अधिकृतले भनेको कुरालाई वास्ता नगरि आफ्नो निर्देशन लाद्न छोडेपछि प्रमुख प्रशासकिय अधिकृतको बसाई लम्बिन थालेको हो । रामेछाप नगरपालिकामा पनि रहर पुगुन्जेल सम्म हाकिम वस्ने गरेका छन् । उक्त नगरपालिकाका हालका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईको अन्यत्र सरुवा भएको थियो, तर जनप्रनिधिहरुले उनलाई भरसक यहिँ वस्न कर गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

13 घन्टा पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

23 घन्टा पहिले

रामेछापका मदिरा व्यवसायी संगठित

रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..

2 दिन पहिले

पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार

रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..

2 दिन पहिले

सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..

रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..

3 दिन पहिले