सडक वत्ति विग्रीएको साता नाघ्यो, बनाउने सुरसारै छैन्
7 दिन पहिले प्रकाशित
रामेछाप । जिल्ला सदरमुकामको मुख्य बजारलाई रातीको समयमा भिलीमिली पार्ने स्मार्ट लाईट विग्रीएको एक साता भन्दा बढी भयो । यति लामो अवधिमा विग्रेको बत्ति बनाएर वाल्ने कामको त कुरै छोडौं के विग्रेको र काहाँ विग्रेको हो भन्ने कुरा जानकारी समेत कुनै निकायमा छैन् ।
मन्थली बजारको स्मार्ट लाईट नेपाल विद्युत प्राधिकरणले मन्थली नगरपालिका संग मिलेर गरेको हो । यसको निर्माण र संचालनमा नेपाल विद्युत प्राधिकरण आफ्नो हात नभएको भनेर पन्छिरहेको छ । निर्माण गर्ने सूर्योदय उर्जा कम्पनीको कोहि प्रतिनिधि रामेछापमा छैन् । मन्थली नगरपालिकाले विद्युत प्राधिकरणलाई मर्मतका लागि चासो राखेको छ, तर मर्मत गर्ने निकायलाई पत्राचार समेत गरेको छैन् । सम्बन्धित तीन वटा निकाय आ आफ्नै अडानमा रहदा विग्रीएको सडक वत्ति कहिले सम्म झुल्किने हो ? कुनै टुंगो छैन् ।
सडक वत्ति निर्माण र मर्मतको जिम्मेवारी पाएको सूर्योदय उर्जा कम्पनीका ईन्जिनियर आदर्श भण्डारीले सडक वत्ति विग्रेको जानकारी आएको तर के विग्रीएको भनेर नभनेकाले सामान व्यवस्था गर्न र प्राविधिक पठाउन कठिनाई भएको वताए । ‘हामी यहाँ देखि आउनु पर्ने भएकाले समस्याको पहिचना त्यहि बाटै भयो भने सामान सहित आउन सजिलो हुने थियो’ भण्डारीले भने – मैले विद्युत प्राधिकरणको रामेछाप वितरण केन्द्रलाई सम्पर्क गरेको छु, त्यता बाट कुनै जानकारी आएको छैन् । उनले स्थानीय स्तरमा उपलव्ध हुन सामाग्री फेरेमा त्यसको खर्च र प्राविधिक खर्च कम्पनीले बेहोर्न सक्ने वताए ।
भण्डारीका अनुसार वजार क्षेत्रको वत्ति विग्रनुमा एमसिवि या लाईटको समस्या होईन् । ‘कुनै तारमा सर्ट भएर यो समस्या आएको हुनुपर्छ ’ भण्डारी भन्छन् – तार मर्मत गर्ने काम हाम्रो होईन । हाम्रो संझौतामा तार फेर्ने कुरा छैन् । लाईट या एमसिवि जस्ता सामान फेर्नुपरेमा सूर्योदय उर्जाले उपलव्ध गराउने उनले वताए ।
तर नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख शिशिर लम्साल वजारमा वितरण भएको स्मार्ट लाईट सर्ट भएको वताउछन् । ‘कता के भएको हो भन्ने कुराको पहिचान भएको छैन् ’ लम्सालले भने – लाईटमै समस्या भएको हो कि भन्ने छ । उनले विग्रीएको वत्ति बनाउने काम सूर्योदय कम्पनीको भएकाले नगरपालिकाले पत्राचार गरी बोलाउनु पर्ने वताए ।
वजार क्षेत्रको वत्ति विग्रीएको तर केहि दिन सम्म पनि वनाउन सम्बन्धित निकायले चासो नदिएपछि नगरपालिकामा पनि गुनासो पुगेको छ । नगर प्रमुख लब श्रेष्ठले विद्युत प्राधिकरणलाई सडक बत्ति मर्मतको बारेमा चासो राखेका थिए । त्यसपछि बल्ल प्राधिकरणको रामेछाप वितरण केन्द्रले सूर्योदय कम्पनी संग पनि जानकारी मागेको छ । ‘कम्पनी सग हाम्रो सम्पर्कमा छ,’ लम्सालले भने – उसले समस्याको पहिचानमा सहयोग गरिदिन आग्रह गरेकाले सोमबार देखि हामीले फल्ट पत्ता लगाउने काम थाल्छौं ।
वितरण केन्द्र प्रमुख लम्सालले सूर्योदयले वजार क्षेत्रमा जडान गरेका करिव २ सय स्मार्ट लाईटको मर्मतका लागि आवश्यक पर्ने स्पेयर्स पार्टस पनि रामेछाप वितरण केन्द्रमा नभएको वताए । वितरण केन्द्रले फल्ट पत्ता लगाएपछि त्यसमा लाग्ने सामाग्री माग गर्ने र मर्मत गर्नमा सहयोग गर्ने उनले वताए ।
देवकोटा चोक टोल सुधार संस्थाका अध्यक्ष सुरेश उदासले वजारमा वितरण भएको स्मार्ट लाईट बिग्रनुमा एमसिविमा समस्या आएको भन्ने जानकारीमा आएको वताएका छन् । एउटा एमसिबि फेर्ने नसक्दा एक साता भन्दा बढी समय वजार अध्यारो भएकोमा उनले चिन्ता व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
13 घन्टा पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
23 घन्टा पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार
रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..
2 दिन पहिले
सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..
रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..
3 दिन पहिले
संवाददाता
