+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

तामाकाेशीमा पानी थपघट भईरहदा जेटबोट संचालनमा कठिनाई

9 दिन पहिले प्रकाशित

रामेछाप । तामाकोशीमा अस्वाभाविक रुपमा पानी थपघट हुदाँ जेटबोट संचालनमा कठिनाई उत्पन्न हुने देखिएको छ । व्यवसायीक संचालनका लागि केहि दिन अघी मात्र स्थानीय युवाहरुले तामाकोशी नदीमा जेटबोट ल्याएका हुन् ।

तामाकोशी नदीमा संचालन गरी वेलुका किनारमा पानी माथि तैराएर राखिएको जेटवोट भोलीपल्ट विहान हुदाँ पानी घटेर बगर माथि हुने गरेको छ । त्यसो हुनुमा तामाकोशी नदीमा पानीको वहाब अस्वाभाविक रुपमा थप घट हुने गरेकोले हो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दिउँसोको समयमा तामाकोशीको पानी जलासयमा जम्मा गर्ने र रातीको समया विद्युत उत्पादनका लागि खोल्ने गर्नाले यसअघी पनि तामाकोशीमा पानीको वहाबमा अस्वभाविक असर हरु देखापर्दै आएका थिए । कहिले काँहि चितामा जलाईरहेका शवहरु बगाएका घटना घटेका थिए ।

राति विद्युत उप्पादनका लागि खोल्ने पानी दिउँसो मात्र तामाकोशीमा आईपुग्ने गर्छ । जव बेलुका हुन्छ , तामाकोशी फेरी सानो हुन्छ । दिउँसो पानी बन्द गर्दा नदी बेलुका सानो हुने गरेको स्थानीयले वताएका छन् । लामाबगर देखि बगेर आउदा दिउँसो तिर बल्ल नदीमा पानी बढी हुन्छ, बेलुका सुक्दै जान्छ ।

नदीमा पानी तल माथि हुनेभएकाले जेटबोट संचालनमा भन्दा पनि बेलुका राख्नका लागि स्थायी रुपमा पानी हुने स्थानको खोजि हुन थालेको छ । तामाकोशी थपघट हुदाँ पनि जेटवोट निकाल्नका लागि खासै अप्ठेरो नहुने स्थानको खोजि गरी पोर्ट स्थापना गर्ने व्यवसायीहरुले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

विद्यार्थीहरुलाई न्यायो कपडा वितरण

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका भित्रका ..

8 घन्टा पहिले

काँग्रेसमा माननीय हुन चाहने सवैको नाम केन्द्रीय समितिम..

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार हुन चाहेर दरखास्त दिने सवैको न..

14 घन्टा पहिले

बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा

रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..

1 दिन पहिले

रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै

रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..

2 दिन पहिले

रामेछापका मदिरा व्यवसायी संगठित

रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..

2 दिन पहिले