अब जेटबोट बाट तामाकोशीमा रोमाञ्चक जलयात्रा
12 दिन पहिले प्रकाशित
रामेछाप । रामेछापको तामाकोशी नदीमा राफ्टिङ चलाएर पर्यटकहरुलाई आकर्षित गर्नुपर्ने कुरा बारम्बार उठीरहेका बेला त्यसभन्दा पनि आधुनिक जेटबोट बाट नै जलयात्रा गराउने गरी युवाहरु जुटेका छन् । तामाकोशी नदीको मन्थली देखि सिन्धुलीको खुर्कोट सम्मको खण्डमा अवको केहि दिनमानै जेटबोटले तिब्र गतिमा तामाकोशीको पानी पानी माथि रोमान्चक जलयात्रामा हुईक्याउने छ ।
तामाकोशी मरिन एड्भेन्चर कम्पनी रहेका साझेदारको झण्डै ७० लाखको लगानीमा निर्माण गरि ल्याएको अत्याधुनिक जेटवोटले तामाकोशीको जलयात्रामा अव नियमित सेवा दिने भएको कम्पनीका संचालक सागरहरी अधिकारीले बताए । अधिकारीका अनुसार जेटवोट संचालनका लागि तामाकोशीको जलमार्गको अवस्था हेरेर मन्थली देखि खुर्कोट सम्म सेवा संचालन गर्ने योजना रहेको छ । सुनकोशी मरिण बहुउद्धेश्यिय हाईभर्सन आयोजनाले सुनकोशी नदीमा ड्याम बनाएपछि तामाकोशी र सुनकोशी तर्फ बन्ने जलासयमा उक्त जेटवोटले काम पाउनेछ । जलासय निर्माण पछि धेरै पर्यटकहरु त्यसमा यात्रा गर्ने अनुमानले पनि युवाहरुले यति धेरै लगानी जुटाएर जेटवोट ल्याएको स्थानीयको बुझाई छ ।
जेटवोटका लागि नदीमा झण्डै ६ मिटर चौडा र २ फिट पानी भएको मार्ग आवश्यक हुन्छ । ‘हामीले आज जेटवोट झारेका छौं ’ अधिकारीले भने – अव जलमार्गको अवस्थाको अवलोकन गर्दै मन्थली देखि कुनाउरीमा निर्माणाधिन पुल सम्म पुग्नेछौं । तत्कालको लागि त्यहि मार्गमा जेटवोट संचालन गर्ने योजना कम्पनीको छ । तर प्राविधिकहरुले खुर्कोट सम्म पनि जेटवोट संचालन गर्न सकिने वताएकाले खुर्कोट सम्मको जलमार्ग बनाएर सेवा संचालनको योजना पनि सगसगैं अघी सारिएको छ ।
तामाकोशी नदीमा हिउँदमा पानी थोरै हुने र ठुल्ठुला ढ्ङ्गाका विचबाट पानी बग्ने स्थान समेत रहेकोले त्यस्तो स्थानमा जेटवोट संचालन गर्न कठिनाई हुन्छ । ‘हामीलाई नगरपालिकाले जलमार्गको व्यवस्थापनमा मेसिन दिएर सहयोग गरीदिए हुन्थ्यो ’ अधिकारीले भने – यो स्थानीय सरकारको पनि सम्पत्ति हो ।
मन्थली नगरपालिकाले पर्यटन प्रबद्र्धनका लागि तामाकोशीमा राफ्टिङ चलाउने गरी निती तथा कार्यक्रम ल्याएको थियो । ‘अव त्यस्ता कार्यक्रममा नगरपालिकालाई हामी सघाउछौं ’ अधिकारीले भने । उनका अनुसार केहि अवधिमानै दुई वटा राफ्टिङ ल्याएर नियमित रुपमा तामाकोशी नदीमानै संचालन गर्ने तयारी छ । राफ्टिङ संचालनका लागि गत बर्ष देखिनै तामाकोशीको जलमार्गको अध्ययन गरेको अधिकारीले वताए । राफ्टिङ संचालनका लागि विज्ञ टोली ल्याएर नदीको अवस्था हेर्ने र सम्बन्धित निकायबाट अनुमति लिएपछि मात्र संचालनको बाटो खुल्ने जनाइएको छ । जेटवोटका लागि भने मन्थली नगरपालिकाबाट अस्थायी अनुमति लिएर संचालन गर्ने तयारी कम्पनीको छ ।
जेटवोटको गति तिव्र हुनेछ । प्राविधिकहरुले मन्थली देखि खुर्कोट सम्म जम्मा ७ मिनेटमा जेटवोड पु¥याउने लक्ष्य लिएका छन् । जेटवोटमा यात्रा गर्नेेले एकातिर जलयात्राको रोमाञ्चकता लिनेछन् भने अर्को तिर थोरै समयमा खुर्कोट पुग्ने अवसर पाउनेछन् । खुर्कोटबाट मन्थली तर्फको यात्राको समय पनि हाराहारीकै हुनेछ ।
एक पटकमा १६ जना सम्म यात्रु हाल्न सक्ने जेटवोटको क्षमता रहेको कम्पनीका अध्यक्ष राजेन्द्र भट्टराईले वताए । उनका अनुसार पानी थोरै भएकाले त्यस भन्दा बढी यात्रु हाल्न मिल्दैन् । तामाकोशीमा पानीको मात्रा धेरै भयो भने वोटमा झण्डै २० जना सम्मलाई एकै पटकमा यात्रा गराउन सकिने भट्टराईले वताए ।
जेटवोड संचालनका लागि दर्ता गरिएको कम्पनी रामेछापकै युवाहरुको भएपनि त्यसमा सहभागिता सप्तकोशी, नारायणी र भरत ताल जस्ता स्थानमा यसअघी जेटवोट चलाईसकेका अनुभवि युवाहरुको सहभागिता र लगानी रहेको छ । अनुभवि टिम भएकाले उक्त व्यवसायको संभावना तामाकोशीमा उच्च रहेको संचालकले आशा लिएका छन् ।
उच्च प्रविधियुक्त ईन्जिन जडान गरिएको उक्त जेटवोट नेपालमानै निर्माण भएको हो । बाहिरबाट सामान मगाएर इटहरीमा एसेम्बल गरिएको हो । रामेछापमा पहिलो पटक भित्रीएको उक्त जेटवोट बुधबार विहान तामकोशी किनारमा झारिएको हो ।
कमेन्ट गर्नुहोस्
विद्यार्थीहरुलाई न्यायो कपडा वितरण
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेता तथा समाजसेवि भरतप्रसाद चौलागाईले रामेछापको मन्थली नगरपालिका भित्रका ..
8 घन्टा पहिले
काँग्रेसमा माननीय हुन चाहने सवैको नाम केन्द्रीय समितिम..
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उमेदवार हुन चाहेर दरखास्त दिने सवैको न..
14 घन्टा पहिले
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
1 दिन पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
2 दिन पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
संवाददाता
संवाददाता
