रामेछाप । मन्थली नगरपालिकाको ११ औं स्थापना दिवस मंगलबार मनाएको छ । स्थापना दिवसको कार्यक्रमको बागमति प्रदेशका उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले गरेका थिए ।
मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, बागमति प्रदेश सभाका सांसद तारानारायण श्रेष्ठ र युवराज चौलागाई, मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी बस्नेत, राजनीतिक दलका प्रतिनिधि लगाएतले आ आफ्नो मन्तव्य राख्दै मन्थली नगरपालिकाले विगत देखि गरेका कार्यक्रमको समिक्षा र भावि दिनमा गर्नुपर्ने विकास निर्माण तथा सामाजिक विकासका कुरा तर्फ सुझाव समेत दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देबर्शि सापकोटाले नगरपालिकाको स्थापना देखि हाल सम्मका उपलव्धि समेटेर प्रतिवेदन प्रश्तुत गरेका थिए । मन्थली नगरपालिका २०७१ सालमा स्थापना भएको हो ।
