काँग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ सम्म हुने
14 दिन पहिले प्रकाशित
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी पुसको २६ देखि २८ गते सम्म काठमाडौंमा हुने भएको छ । सोमबार काँग्रेस केन्द्रीय समितिका कार्यबाहक सभापति पूर्णवहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली काँग्रेसमा आसन्न प्रतिनिधिसभा निर्वाचन भन्दा अघी महाधिवेशनमा जानु नहुने भन्ने र विषेश महाधिवेशन भएपनि गरेर अघी बढ्नु पर्छ भन्ने पक्ष विच लामो समय देखि विवाद चल्दै आएको छ । जेनजेडको आन्दोलनको क्रममा कुटपिट बाट घाईते भएका सभापति शेरवहादुर देउवाले उप सभापति पूर्णवहादुर खड्कालाई कार्यबाहक सभापति दिएर उपचारका लागि सिंगापुर गएका बेला काँग्रेस भित्र उक्त दुई पक्षको आ आफ्नै भनाई जारी राख्दा निर्णयमा पुग्न सकेका थिएनन् । देउवा फर्किएर विभिन्न चरणका कुरा गरेपछि निर्वाचन अघीनै विषेश नभै नियमित महाधिवेशन गर्ने निर्णय भएको हो ।
केन्द्र्रीय समितिले क्रियाशिल सदस्यताको फाराम उपलव्ध गराउने देखि गाउ तथा नगर, प्रदेशसभा क्षेत्रीय , जिल्ला , प्रदेश र केन्द्रीय महाधिवेशनको मितिको तालिका समेत प्रकाशित गरेको छ । मधाधिवेशनका लागि विभिन्न समिति गठन गरेको काँग्रेसले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
13 घन्टा पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
23 घन्टा पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार
रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..
2 दिन पहिले
सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..
रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..
3 दिन पहिले
संवाददाता
