रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी पुसको २६ देखि २८ गते सम्म काठमाडौंमा हुने भएको छ । सोमबार काँग्रेस केन्द्रीय समितिका कार्यबाहक सभापति पूर्णवहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली काँग्रेसमा आसन्न प्रतिनिधिसभा निर्वाचन भन्दा अघी महाधिवेशनमा जानु नहुने भन्ने र विषेश महाधिवेशन भएपनि गरेर अघी बढ्नु पर्छ भन्ने पक्ष विच लामो समय देखि विवाद चल्दै आएको छ । जेनजेडको आन्दोलनको क्रममा कुटपिट बाट घाईते भएका सभापति शेरवहादुर देउवाले उप सभापति पूर्णवहादुर खड्कालाई कार्यबाहक सभापति दिएर उपचारका लागि सिंगापुर गएका बेला काँग्रेस भित्र उक्त दुई पक्षको आ आफ्नै भनाई जारी राख्दा निर्णयमा पुग्न सकेका थिएनन् । देउवा फर्किएर विभिन्न चरणका कुरा गरेपछि निर्वाचन अघीनै विषेश नभै नियमित महाधिवेशन गर्ने निर्णय भएको हो ।
केन्द्र्रीय समितिले क्रियाशिल सदस्यताको फाराम उपलव्ध गराउने देखि गाउ तथा नगर, प्रदेशसभा क्षेत्रीय , जिल्ला , प्रदेश र केन्द्रीय महाधिवेशनको मितिको तालिका समेत प्रकाशित गरेको छ । मधाधिवेशनका लागि विभिन्न समिति गठन गरेको काँग्रेसले जनाएको छ ।
