रामेछाप । जेसिज रामेछापले वर्ष २०२६ का लागि कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । सभाबाट अध्यक्ष पदमा श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा ईश्वर अधिकारी र बिपिन दाहाल भएका छन् । कानुनी सल्लाहकारमा सुमन खड्का, महासचिवमा भरत श्रेष्ठ, कोषाध्यक्षमा अनिश केसी, सह–सचिवमा अमन बुढाथोकी र सह–कोषाध्यक्षमा राजन कुमार कार्की निर्विरोध चुनिएका छन् ।

उपाध्यक्षमा देव कैलाश श्रेष्ठ, सिताराम लोहार, बेनुप रोक्का र रमेश बस्नेत निर्वाचित भएका छन् । तालिम आयुक्तको जिम्मेवारी एकेन्द्र केसीलाई दिईएको छ । निर्विरोध चुनिएका पदाधिकारीहरुले संगठनभित्रको समन्वय, पारदर्शिता र क्रियाशीलतालाई अझ मजबुत बनाउँदै जेसिजका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता गरेका छन् ।