रामेछाप । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशमा रामेछापबाट जाने प्रतिनिधि छनौट भएको छ । कतिपय असन्तुष्टिका विच कार्यदलले प्रतिनिधिको नाम टुंगोमा पु¥याएको र त्यसलाई केन्द्रमा पठाइसकेको वुझिएको छ ।

निर्वाचन कमिटीले शनिबार मतदानको कार्यक्रम सार्वजनिक गरेको भएपनि सर्वसम्मतका लागि कार्यदल गठन गरिएको थियो । जिल्लाबाट महाधिवेशनमा जाने १२ जना प्रतिनिधिको कोटा रहेकोमा ६७ जनाले उमेदवारी दर्ता गराएका थिए । खुला ६ का लागि ३४ जना, महिला ४ का लागि १५ जना, युवा १ का लागि १५ जना र उत्पिडित १ का लागि ३ जनाको उमेदवारी परेको थियो ।

नेकपा एमालेले शनिबार अवेर सम्म सर्वसम्मत प्रतिनिधि छनौटका लगि विभिन्न विधि अपनाएको थियो । तर केहिको असन्तुष्टि हुदाँ हुदै प्रतिनिधिको नाम टुंगो लगाएको बुझीएको छ । कार्यदलका संयोजक पोलिटव्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज कमलप्रसाद चौलागाई रहेका थिए ।

प्राप्त सूचना अनुसार महाधिवेशका लागि रामेछापबाट गंगा कार्की, शान्तिप्रसाद पौडेल, सीता केसी, आनन्दकुमार श्रेष्ठ, पुरुषोत्तम कडरीया, सीताराम लोहार, बलबहादुर माझी, ईन्द्रवहादुर तामाङ, शान्ता सुबेदी, मखमली श्रेष्ठ, ज्ञानकुमार योञ्जन र टंकप्रसाद चौलागाई छनौटमा परेका छन् ।