रामेछाप । रामेछापको मन्थली नगरपालिका ९ बाङ्गेसल्लाकी ६५ बर्षिया वृद्धा गङ्गामाया तामाङको जङ्गली जनाबरको आक्रमणबाट मृत्यू भएको छ । शनिबार विहान घरबाट गोठ जाने क्रममा तामाङलाई जंगली जनावरले आक्रमण गरेको वताइएको छ । उनी घरमा एक्लै बसोवास गर्थिन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घटनास्थलमा फुलासी पोखरी र जिल्ला प्रहरी कार्यालयको प्रहरी अधिकारीहरुको टोली पुगेर घटनास्थल मुचुल्का उठाउने काम भइरहेको छ । घटनाको विस्तृत विवरण घटनास्थल मुचुल्का पछि खुल्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।