रामेछाप । रामेछाप नगरपालिकाका भित्र रहेका १३ वटा माध्यमिक तहका विद्यालयलाई शनिबार खेलकुदका सामाग्री वितरण गरिएको छ । रामेछाप नगरपालिकामा यहि मंसिर  ११ गते देखि हुने नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारीका लागि ति सामाग्री वितरण गरिएको हो ।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले प्रतियोगितामा सहभागि हुने विद्यालयलाई खेल सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका सामाग्रीमा भलिबल, फुटबल, नेट, एथलेटिक्सका सामाग्री, सर्टफुट लगायतका छन् ।

रनिङ शिल्ड प्रतियोगिताको तयारीका लागि खेलकुद सामाग्री अभाव खेप्नु नपरोस् भनेर केहि दिन अगावै विद्यालयलाइ सामाग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।