रामेछाप । मन्थलीमा संचालित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को उपाधि मन्थली माविले हात पारेको छ । सो माविले यो सहित लगातार आठौं पटक उपाधिमा कब्जा जमाएको हो । नगरपालिका भित्रका १९ वटा सार्वजनिक तथा संस्थागत माविहरूलाई पछि पारेको थियो ।

गएको बिहीबार देखि मन्थली माविको खेल मैदानमा संचालन गरिएको विभिन्न विधाका खेलमा ३४ वटा स्वर्णसहित कूल ८० पदक मन्थलीले जितेको छ । तामाकोशी आवासिय माविले दोश्रो र कर्कलादेवि माविले तृतिय स्थान हासिल गरेका छन् । ६६ स्वर्ण पदकको लागि नगरपालिकाका २० वटा माविका छात्र छात्राले प्रतिस्पर्धा गरेका थिए ।

विजेता खेलाडीहरूलाई मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, मन्थलीमा माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार श्रेष्ठसहितले संयुक्त रूपमा नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।