खैरेनीघाटमा बेलिब्रिज राखिने
7 दिन पहिले प्रकाशित
रामेछाप । गत बर्ष सुनकोशी नदीमा आएको बाढीले बगाएको खैरेनीघाट पुल फेरी संचालन गर्ने तयारी गरिएको छ । सडक विभागले उक्त पुल भएको स्थानमा बेलिब्रीज जोड्ने प्रकृया अघी बढाएको हो । बाढीले रामेछाप तर्फको आधा भाग लगेको र सिन्धुली तर्फको केहि भाग बाँकी राखेको थियो । अहिले बाँकी भागमा बेलिब्रीज जोडेर यातायात संचालन गर्ने तयारी भएको हो । बेलिव्रिज राख्ने स्थान सम्म रोशीको बाढीले क्षति गरेको स्थानमा सडक निर्माण थालिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्ती भएको केहि दिनमा विपी राजमार्गको अवलोकन गर्न आएका कुलमान घिसिङले खैरेनीघाटमा बेलिव्रिज राख्न निर्देशन दिएका थिए । खैरनीघाटको पुल बगेपछि पश्चिमी रामेछापको दक्षिणपूर्वि क्षेत्रमा वसोवास गर्ने सर्वसाधारणलाई आवागमनमा सास्ती वेहोर्नु परेको छ । सुनापति गाउँपालिकाको गुन्सी बाहेकका अरु वडा, दोरम्बा शैलुंग गाउँपालिकाको केहि भाग र खाँडादेविको राकाथुम र खाँडादेवि क्षेत्रका बासिन्दालाई काठमाडौं आउजाउ गर्न अहिले सिन्धुुरेटारको पुल तरेर विपी राजमार्गमा निस्कने या तिमालको सडक हुदै भकुण्डे पुग्नुपर्ने बाध्यता छ । तिमालको सडक जोखिमयुक्त रहेकोले त्यस तर्फको यात्रा गर्न नमान्ने धेरै छन् ।
मझुवा, गागल क्षेत्र, पकरवास माकादुम र भिरपानीका बासिन्दा भने सित्खाको पुल भएर आवागमन गर्दै आएका छन् । गत बर्षकै बाढीले लगेको सुनकोशीको खुर्कोट पुलमा भने आधा भाग गत बर्षनै बेलिब्रीज राखेर यातायात संचालन गराइएको थियो । खुर्कोटले काठमाडौं र तराईलाई रामेछापको जिल्ला सदरमुकाम छोटो दुरीमा जोड्ने काम गरेको छ । उक्त पुल जिल्लाका लागि लाईफलाईनको रुपमा रहेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
