बिपी राजमार्गको स्थायी पुननिर्माण थालियो
9 दिन पहिले प्रकाशित
रामेछाप । गत बर्षको बाढीले क्षतिग्रस्त भएको बिपी राजमार्गको स्थायी पूननिर्माणको कार्य थालिएको छ । नेपाल सरकार र जापानको सहयोगमा उक्त राजमार्गको पुननिर्माण कार्य अघी बढेको हो । जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको उक्त राजमार्गको पुननिर्माण कार्यमा भने अधिकांश भागमा नेपाल सरकार आफैले लगानी गर्दैछ । राजमार्गको एउटा सानो खण्डको पुननिर्माणका लागि भने जापान सरकारको सहयोग प्राप्त भएको छ ।
सडक विभागका अनुसार गत बर्षको बाढीले क्षतिग्रस्त करिव २९ किलोमिटर सडक खण्ड यस पटक पुननिर्माण गर्न थालिएको हो । उक्त सडकलाई विभिन्न ४ टुक्रा पारेर पुननिर्माणका लागि निर्माण व्यवसायी परिचालन गर्ने व्यवस्था मिलाएको छ । ति मध्ये नेपाल सरकारले काभ्रे तर्फ २ र सिन्धुली तर्फ १ टुक्राको ठेक्का बन्दोबस्ति सकेर निर्माण व्यवसायीले कार्य थालिसकेका छन् भने जापान सरकारले निर्माण गर्ने १ टुक्राको काम भने ठेक्काको प्रकृयामा रहेको छ ।
विभागका अनुसार साविकमा साना सवारीलाई मात्र दुई तर्फि आवागमनका लागि पुग्ने उक्त सडक अव भने ठुला सवारी साधन दोहोरो आवागमन गर्ने गरी पुननिर्माण गर्ने डिजाईन गरीएकोले सडक चौडा पार्न थालिएको छ । अहिले साईटमा आएका निर्माण व्यवसायीले सवैभन्दा पहिला सडकलाई चौडा पार्ने काम थालेका छन् ।
विभागका अनुसार काभ्रेको भकुण्डेबेसी देखि चारसय बेसी सम्मको ११ किलोमिटर खण्डको पुननिर्माणका लागि लामा नबकान्तिपुर जेभि संग ठेक्का संझौता भएको छ । उत्तः कार्यका लागि भ्याट बाहेक १ अर्व १४ करोडमा ठेक्का संझौता भएको हो । त्यसैगरी चारसय बेसी देखि डाला बेसि सम्मको ९ किलोमिटर सडक पुननिर्माणको लागि खानी कमलजित अवन जेभिलाई ठेक्का परेको छ । उक्त खण्ड निर्माणका लागि लागि भ्याट बाहेक १ अर्व २२ करोड खर्च हुनेछ ।
सिन्धुली तर्फको करिव ५ किलोमिटर सडक पुननिर्माणका लागि ५५ करोडमा खरिढुंगा घिसिङ क्षितिज जेभि संग सम्झौता भएको छ । नेपालथोक देखि पश्चिम तर्फ उक्त कम्पनीले काम गर्नेछ । बर्खेखोला देखि पिप्ले सम्मको ३ दशमलव २ किलोमिटर सडकको जापानको सहयोगमा पुननिर्माण हुदैछ ।
सडक विभागका अनुसार अव निर्माण हुने सडक बर्षायाममा रोशीको बाढीले क्षति गर्न नसक्ने प्रविधि अपनाएर पुननिर्माण गरिनेछ । विपी राजमार्गमो पछिल्ला दुई बर्षमा अत्याधिक रुपमा पहिरोले समेत सास्ती दिन थालेकोले त्यसलाई समेत प्रभावकारी नियन्त्रण गर्ने जनाईएको छ ।
गत बर्ष बाढीले बगाएको उक्त राजमार्ग अस्थायी रुपमा संचालन हुदै आएकोमा यस बर्ष पनि दुई पटक बाढीले सडक क्षतिग्रस्त बनाएको थियो । विभागले फेरी अस्थायी रुपमै आवागमन खुलाएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
