रामेछाप । सैपुको पहरेमा सडक निर्माण भएको १० बर्ष पछि बस पुगेको छ । पूर्व अरनिको यातायात सेवा समितिले उक्त रुटमा शनिबार उक्त रुटमा बस गुडाएको थियो । लिखु तामाकोशी गाउँपालिका २ का वडा अध्यक्ष संतोष पौडेलका अनुसार बिजुलीकोटको नागीबाट सैपुको पहरे पुलु हुदै दिलौरी जोड्ने सडकमा शनिबार बस गुडाइएको हो । उक्त सडक १० बर्ष अघि निर्माण भएको भएपनि हाल सम्म स्थानीयले बस सेवा पाउन सकेका थिएनन् ।
शनिबार उक्त रुटमा बस गुडाउदै पुगेका व्यवसायी अर्जुन पौडेल , वडा अध्यक्ष संतोष पौडेललाई स्थानीयले फुलमालाले स्वागत गरेका थिए । वडाअध्यक्ष पौडेलका अनुसार वस व्यवसायी समिति संग कुरा भएकाले अव केहि दिनमानै उक्त रुटमा पूर्व अरनिको यातायात सेवा समितिले नियमित बस संचालन गर्ने तयारी गरेको छ ।
