+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

निर्माण सामाग्रीको प्रयोगशाला परिक्षण अव जिल्लामै

12 दिन पहिले प्रकाशित

रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक निजी क्षेत्रले निर्माण सामाग्रिको गुणस्तर परिक्षणका लागि ल्याब संचालनमा ल्याएको छ । मिथिला सिभिल ल्याबले शुक्रबार देखि रामेछापको मन्थलीमा सेवा संचालनमा ल्याएको हो । उक्त ल्याबको निर्माण व्यवसायी संघ रामेछापका उपाध्यक्ष कृष्ण थापामगरले उद्घाटन गरेका छन् ।

जिल्लामा हुने विकास निर्माण कार्यमा प्रयोग हुने हरेक निर्माण सामाग्रिहरुको गुणस्तर परिक्षण गर्नुपर्ने र त्यसका लागि जिल्ला बाहिरका ल्याबमा पुग्नुपर्ने बाध्यता थियो । जिल्ला बाहिर निर्माण सामाग्रीको परिक्षण गराउदा समय र पैसा बढी लाग्ने गरेकोले अव आफ्नै जिल्लामा निर्माण सामाग्रीको ल्याव स्थापनाले ठुलो सहयोग मिलेको थापामगरले वताए ।

सरकारी कार्यालयहरुबाट हुने सवै प्रकारका ठेक्का बन्दोबस्तमा निर्माण सामाग्रीको गुणस्तर परिक्षण गराउनुपर्ने व्यवस्था छ । सरकारी कार्यालयको अनुरोधमा देशका विभिन्न ल्याaवमा निर्माण कार्यमा प्रयोग भएका र प्रयोगका लागि ल्याएका सामाग्रीहरुको परिक्षण गरेर त्यसको प्रतिवेदनका आधारमा मात्र भुक्तानी दिने प्रचलन रहेको छ ।

a

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले