रामेछाप । रामेछाप जिल्लामा पहिलो पटक निजी क्षेत्रले निर्माण सामाग्रिको गुणस्तर परिक्षणका लागि ल्याब संचालनमा ल्याएको छ । मिथिला सिभिल ल्याबले शुक्रबार देखि रामेछापको मन्थलीमा सेवा संचालनमा ल्याएको हो । उक्त ल्याबको निर्माण व्यवसायी संघ रामेछापका उपाध्यक्ष कृष्ण थापामगरले उद्घाटन गरेका छन् ।

जिल्लामा हुने विकास निर्माण कार्यमा प्रयोग हुने हरेक निर्माण सामाग्रिहरुको गुणस्तर परिक्षण गर्नुपर्ने र त्यसका लागि जिल्ला बाहिरका ल्याबमा पुग्नुपर्ने बाध्यता थियो । जिल्ला बाहिर निर्माण सामाग्रीको परिक्षण गराउदा समय र पैसा बढी लाग्ने गरेकोले अव आफ्नै जिल्लामा निर्माण सामाग्रीको ल्याव स्थापनाले ठुलो सहयोग मिलेको थापामगरले वताए ।

सरकारी कार्यालयहरुबाट हुने सवै प्रकारका ठेक्का बन्दोबस्तमा निर्माण सामाग्रीको गुणस्तर परिक्षण गराउनुपर्ने व्यवस्था छ । सरकारी कार्यालयको अनुरोधमा देशका विभिन्न ल्याaवमा निर्माण कार्यमा प्रयोग भएका र प्रयोगका लागि ल्याएका सामाग्रीहरुको परिक्षण गरेर त्यसको प्रतिवेदनका आधारमा मात्र भुक्तानी दिने प्रचलन रहेको छ ।

a