नगरका सडकमा सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारणलाई सास्ती
12 दिन पहिले प्रकाशित
रामेछाप । रामेछाप नगरपालिकाको साँघुटार तर्फका सडक रामेछाप बजारमा जताततै बाट जोडिएका छन् । तर ति सडक हुदै सार्वजनिक यातायातका सवारी साधन नचल्दा स्थानीय बासिन्दाले आफ्नो नगरपालिका भित्र जाते आते गर्न सर्वसाधारणलाई कष्ट बेहोर्नु परेको छ ।
‘कि हिडेर जानु प¥यो , हैन भने मन्थली घुमेर जानुपर्छ ’ साँघुटार नजिकबाट उपचारका लागि रामेछाप जिल्ला अस्पताल आएका प्रेमवहादुर श्रेष्ठले भने – जताततै बाटो बनेका छन्, तिनमा भाडा तिरेर गाडी चढ्छु भन्दा पाईदैन् । सर्वसाधारणको गाडी रिजर्भ गर्ने पैसा नहुने भन्दै उनले सुलभ यातायात सेवा नभएकोमा रोष पोखे ।
जिल्ला अस्पतालमा उपचारका लागि पुग्नु पर्ने श्रेष्ठ साँघुटार देखि बस चढेर मन्थली आईपुगे । मन्थलीबाट अटो रिजर्भ गरेर रामेछाप गए अनि फेरी अटोमै मन्थली फर्किए त्यसपछि बल्ल उनले साँघुटार जाने गाडि चढेर घर फर्कने मौका पाए । त्यसो गर्दा उनको समय र पैसा नसोचेको खर्च भयो । रामेछाप जाने आउने गाडि भएको भए उनी उपचार सकेर एकै दिन साँघुटार पुग्थे, त्यस्तो सुविधा नभएकाले मन्थलीमा एक रात बस्नु परेको उनले गुनासो गरे ।
अस्पतालमा उपचार गर्ने, साप्ताहिक हाट बजारका लागि विहिबार स्थानीय उप्पादन ल्याउने र सामान किनेर लैजाने अनि सरकारी काममा नगरपालिका तर्फ आउने जाने सर्वसाधारणले एक बर्ष भन्दा अघी देखि यस्तो सास्ती खेपिरहेका छन् । गाडी कता बाट चलाउने भन्ने केहि मेलो नभएका स्थानीय आफुले निर्वाचित गरेको स्थानीय सरकार देखि माथिल्लो निकायका पदाधिकारीलाई दिनहुँ धिक्कारिरहेका छन्् ।
रामेछाप नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ सुकाजोरका अध्यक्ष समिर कार्की भन्छन् – गाडी चलाईदेउ भन्दा भन्दा केहि सीप लागेन, अव थाकेको अवस्था हो । ‘हामीले गत बर्ष देखि गाडि संचालनका लागि अनुरोध गरेका हौं ’ कार्की भन्छन् – केहि दिन चल्यो त्यसपछि बन्द भयो । मन्थली बाट रामेछाप सालु हुदै गोठपानी तर्फ जाने गाडिको क्यू हालेको बेलामा त्यसतर्फ जानेले सुविधा पाएका थिए ।
पूर्व अरनिको यातायात सेवा समितिले मन्थलीबाट रामेछाप हुदै गोठपानी गाडि चलाएको थियो । नगरपालिका संगको सहमतिमा संचालनमा ल्याइएको उक्त गाडीमा चढ्ने यात्रुनै भएनन् । रित्तो गाडि केहि महिना चल्यो, त्यसपछि बाध्य भएर बन्द गर्नुपर्ने अवस्था आयो । समितिका अनुसार साँघुटार देखि रामेछाप हुदै मन्थली र त्यसै रुटमा फेरी साँघुटार तर्फ जाने गाडि हालिएको थियो, त्यसमा पनि यात्रु नभएकोले बन्द गर्नु परेको हो । लामो रुट पर्ने, गाडिको ईन्धन र मर्मत खर्च धेरै आउने तर यात्रु चाँहि नपाउने भएपछि गाडि चलाउने कुरा रहर मात्र जस्तो भएको समितिले जनाएको छ । जिल्लामा दैनिक झण्डै ४० वटा गाडि भित्रीने र ४० बाहिरीने गरी व्यवस्थापन गर्दै आएको समितिले साँघुटार बाट रामेछाप सेलेघाट हुदै काठमाडौं र काठमाडौं बाट उक्त रुट भएर साँघुटार जानका लागि भने गाडीको व्यवस्था गरेको छैन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
