करदाता सेवा कार्यालय खारेज, करको काम अव स्थानीय तह बाट
14 दिन पहिले प्रकाशित
रामेछाप । पाच बर्ष अघी जिल्लाका व्यवसायीहरुको मागका आधारमा रामेछापको मन्थलीमा स्थापना भएको करदाता सेवा कार्यालय खारेज भएको छ ।
करदाता सेवा कार्यालयले सम्पादन गर्दै आएको काम स्थानीय तहलाई जिम्मा लगाउदै सरकारले उक्त कार्यालय खारेज गरेको हो । स्थानीय तहले सेवा संचालनका लागि दक्ष जनशक्ति तयार नपारुन्जेलका लागि भने साविककै कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्ने व्यवस्था मिलाएको छ ।
करदाता सेवा कार्यालयले स्थायी लेखा नम्बर जारी गर्ने, करचुक्ता दिने, उद्धेश्य थप गर्ने र आकस्मिक बजार अनुगमन गर्ने काम गर्ने गर्दथ्यो । रामेछापका ठुला करदाताको काम भने काभ्रे स्थित आन्तरिक राजश्व कार्यालयले गर्ने गरेको थियो ।
जिल्लामा रहेको कर सम्बन्धि सेवा र व्यवसायीलाई सल्लाह गर्ने कार्यालय खारेजीमा परेपछि व्यवसायीहरुले चिन्ता प्रकट गरेका छन् । कार्यालय खारेजी भएको कुरा राम्रो हैन, बरु ठुला करदाताको काम समेत त्यहि निकायलाई दिएर कार्यालय यथावत राख्नुपर्ने धारणा व्यवसायीहरुको छ । सरकारले रामेछाप सहित ३९ कार्यालय खारेज गरेको हो । सरकारले खर्च नियन्त्रण गर्नका लागि उक्त कार्य गरेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
