+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

व्यवसायीहरुलाई दुर्घटना बिमाको रकम हस्तान्तरण

14 दिन पहिले प्रकाशित

रामेछाप । जिल्लामा ठुलो संख्यामा रहेका उद्योगी व्यवसायीहरुलाई दुर्घटना विमा कार्यक्रममा सहभागि गराएको रामेछाप उद्योग वाणिज्य संघले बिहिबार दुई जना व्यवसायीलाई दुर्घटना बिमाको रकम हस्तान्तरण गरेको छ ।

रामेछाप उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उद्योगी व्यवसायीलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरेका छन् । थापाले उमाकुण्ड २ बाम्तीका साङ्गे लामा र मन्थली नगरपालिका १ का राजन बुढाथोकीलाई बिमा रकमको चेक हस्तान्तरण गरेको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ । रुखबाट लडेर घाईते भएका लामाले ९७ हजार ७ सय २० र सवारी दुर्घटनामा परि घाईते भएका बुढाथोकीले ७५ हजार रुपैयाँ दुर्घटना बिमा बाट प्राप्त गरेका हुन् । संघले आइजिआइ प्रुडेन्सियल बिमा कम्पनि सँग विमालेख संझाैता गरेको थियो । 

संघले जिल्लाका १ हजार ३ सय ७४ जना व्यवसायीहरुलाई दुर्घटना विमा कार्यक्रममा सहभागि गराएको छ । यो व्यवसायको क्षेत्रमा नयाँ र प्रभावकारी कार्यक्रम रहेको प्रजिअ थापाले वताए । कार्यक्रम रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले