रामेछाप । जिल्लामा ठुलो संख्यामा रहेका उद्योगी व्यवसायीहरुलाई दुर्घटना विमा कार्यक्रममा सहभागि गराएको रामेछाप उद्योग वाणिज्य संघले बिहिबार दुई जना व्यवसायीलाई दुर्घटना बिमाको रकम हस्तान्तरण गरेको छ ।
रामेछाप उद्योग बाणिज्य संघमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले उद्योगी व्यवसायीलाई दुर्घटना बिमा बापतको रकम हस्तान्तरण गरेका छन् । थापाले उमाकुण्ड २ बाम्तीका साङ्गे लामा र मन्थली नगरपालिका १ का राजन बुढाथोकीलाई बिमा रकमको चेक हस्तान्तरण गरेको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ । रुखबाट लडेर घाईते भएका लामाले ९७ हजार ७ सय २० र सवारी दुर्घटनामा परि घाईते भएका बुढाथोकीले ७५ हजार रुपैयाँ दुर्घटना बिमा बाट प्राप्त गरेका हुन् । संघले आइजिआइ प्रुडेन्सियल बिमा कम्पनि सँग विमालेख संझाैता गरेको थियो ।
संघले जिल्लाका १ हजार ३ सय ७४ जना व्यवसायीहरुलाई दुर्घटना विमा कार्यक्रममा सहभागि गराएको छ । यो व्यवसायको क्षेत्रमा नयाँ र प्रभावकारी कार्यक्रम रहेको प्रजिअ थापाले वताए । कार्यक्रम रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगरको अध्यक्षतामा भएको थियो ।
