पहिरोले विद्यालय भवन पुरेको कोलोन्जोरमा अस्थायी भबन बनाएर पठनपाठन गरिने
16 दिन पहिले प्रकाशित
रामेछाप । विद्यालय भवन भन्दा माथिबाट झरेको पहिरोले भवन र अन्य शैक्षिक सामाग्री क्षतिग्रस्त भएको रामेछाप नगरपालिका ५ कोलोञ्जोरघाट स्थित शिवालय प्राविको पठन पाठन अस्थायी रुपमा बैकल्पिक स्थानमा गर्ने तयारी भएको छ ।
विद्यालय भवन भन्दा माथि पहिरो झर्ने क्रम रोकिएको छैन् । पहिरो नियन्त्रण नगरे स्थानीय रुपमा विद्यालय भवन पुननिर्माण गर्न र विद्यार्थीहरु राखेर पठन पाठन गराउने अवस्था देखिएको छैन् । प्रअ भीमवहादुर माझीका अनुसार अहिले पनि पहिरो झरीरहेकोले विद्यालय भवन रहेको स्थान उच्च जोखिम छ । तैपनि हाल विद्यालयको एउटै कोठामा ५ वटै कक्षाका बालबालिकाहरु राखेर शिक्षकहरुले पठन पाठन थालेका छन् । बैकल्पिक स्थान नभएकोले माथि पहिरो तिर हेर्दै पढाउने गरेको माझीले वताए ।
पूर्वाधार विकास कार्यालयले हालै कालोपत्र गरेको लिखु करिडोर सडक निर्माणको क्रममा पहरो काटेपछि उक्त स्थानमा पहिरो चल्न थालेको हो । त्यसअघी उक्त स्थानमा पहिरो थिएन । विद्यालय विदा भएको बेलामा पहिरो झरेकोले मानविय क्षति हुन पाएन ।
रामेछाप नगरपालिकाका उप प्रमुख बालकुमारी थापा कार्की र प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले क्षतिग्रस्त विद्यालय भवन निर्माण गर्न समय लाग्ने भएकाले तत्कालका लागि माझि गाउँमै केहि बर्ष अघी निर्माण भएको सामुदायिक भवन रहेको स्थानमा अस्थायी रुपमा पठन पाठन गर्ने तयारी गर्ने योजना अघी सारेका छन् । त्यसका लागि नगरपालिकाले श्रोतको खोजि र व्यवस्थापन गरेको छ । सामुदायिक भवनमा २ कोठा र त्यसैसंग जोडिएको जग्गामा अरु ३ कोठा बनाएर अस्थायी रुपमा पठन पाठन संचालन गर्ने तयारी भएको साेमबार विद्यालयकाे अनुगमनमा पुगेर फर्के पछि उनिहरुले जनाएका छन् ।
छट पछि विद्यालय खुलेको तर उपयुक्त स्थान नभएकोले एउटै कोठामा राखेर पठन पाठन गराउनु पर्ने बाध्यता चाडो भन्दा चाडो अन्त्य गर्नका लागि तत्काल अस्थायी भवन निर्माणको काम अघी बढाउने प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले वताए । स्थायी भवन निर्माण गरेर आगामी जेठ भित्रै बालबालिकाहरुलाई हाल भइरहेको भवनमा लैजाने पनि उनले योजना सुनाए । स्थायी भवन निर्माणका लागि शिक्षा विकास तथा समन्वय इकाई रामेछाप मार्फत माथिल्लो निकायमा कुरा भएको र बजेट प्राप्त हुने आश्वासन भइसकेको जनाइएको छ ।
यसअघी नगर प्रमुख लबश्री न्यौपाने र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगाएतको टोलीले पनि घटनास्थलको अवलोकन गरी फर्केको थियो । सडक निर्माण गर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख समेत सहभागि उक्त टोलीले पहिरो नियन्त्रणका लागि पूर्वाधार कार्यालयलाई आग्रह गरेको थियो । तर उक्त कार्यालयले पहिरो नियन्त्रण गर्ने या नगर्ने बारेमा स्थानीयलाई कुनै जानकारी नभएको माझीले वताए ।
आदिबासी माझी समुदायको वस्तिमा रहेको उक्त आधारभुत विद्यालयमा ४० भन्दा बढी विद्यार्थी रहेका छन् । कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई तत्कालै अर्को विद्यालयमा पठाउन सक्ने अवस्था पनि छैन् । गाउँ भन्दा अर्को विद्यालयमा पुग्न झण्डै २ घण्टा जति लाग्छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
