रामेछाप । बर्षाका कारण बाढी र पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग आईतबार मध्यान्ह देखि संचालनमा आएको छ । सडक खुलेपछि खुर्कोट, नेपालथोक र चौकीडाडाँ क्षेत्रमा रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन् ।
सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गको चौकीडाडाँ, चारसयबेसी, लगाएतको क्षेत्रमा बाढी र पहिरोले सडक क्षति भएको थियो । क्षतिग्रस्त सडक मर्मत गरेर संचालनमा ल्याइएको हो । चारसयबेसीमा झरेको पहिरो पन्छाएर सवारी आवागमन खुलाइएको हो । यद्यपी पहिरो झर्ने त्रास रहेकोले साबधानिका साथ यात्रा गर्न प्राविधिकहरुले आग्रह गरेका छन् ।
राजमार्गका विभिन्न स्थानमा लेदो सहितको पहिरो झर्ने जोखिम भने कायमै रहेको छ । सडक विभागले राजमार्गको विभिन्न स्थानमा मेसिन औजार राखेर राजमार्ग अवरुद्ध भएमा तत्काल खोल्नका लागि प्रयास हुने डिभिजन सडकले जनाएको छ ।
