अवरुद्ध बिपी राजमार्ग खुल्यो
18 दिन पहिले प्रकाशित
रामेछाप । बर्षाका कारण बाढी र पहिरोले अवरुद्ध भएको बिपी राजमार्ग आईतबार मध्यान्ह देखि संचालनमा आएको छ । सडक खुलेपछि खुर्कोट, नेपालथोक र चौकीडाडाँ क्षेत्रमा रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन् ।
सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गको चौकीडाडाँ, चारसयबेसी, लगाएतको क्षेत्रमा बाढी र पहिरोले सडक क्षति भएको थियो । क्षतिग्रस्त सडक मर्मत गरेर संचालनमा ल्याइएको हो । चारसयबेसीमा झरेको पहिरो पन्छाएर सवारी आवागमन खुलाइएको हो । यद्यपी पहिरो झर्ने त्रास रहेकोले साबधानिका साथ यात्रा गर्न प्राविधिकहरुले आग्रह गरेका छन् ।
राजमार्गका विभिन्न स्थानमा लेदो सहितको पहिरो झर्ने जोखिम भने कायमै रहेको छ । सडक विभागले राजमार्गको विभिन्न स्थानमा मेसिन औजार राखेर राजमार्ग अवरुद्ध भएमा तत्काल खोल्नका लागि प्रयास हुने डिभिजन सडकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
