रामेछाप । रामेछाप जिल्लाको प्रशिद्ध तिर्थस्थल गोकुलगंगा गाउँपालिका १ को जटापोखरीमा जनैपुर्णिमाको अवसरमा झण्डै ६ जनाले स्नान तथा पुजाअर्चना गरेका छन् । जटापोखरीमा पुगेर स्नान गरी दर्शन गर्नाले चिताएको कुरा पुग्ने र धार्मिक पुण्य मिल्ने जनविश्वास रहेको छ ।
रामेछाप र दोलखाको संगममा पर्ने जटापोखरीमा हरेक बर्ष जनैपूर्णिमाको दिनमा विशेष मेला लाग्ने गर्दछ । जटापोखरमिा पुग्नेले पवित्र कुण्डमा स्नान गर्ने, पूजा अर्चना गर्ने, जनै र रक्षाबन्धन धारण गर्ने गर्दछन् । जटापोखरीको नजिकमा पर्ने पाँच पोखरी, भालेपोखरी, बौलाहा पोखरी लगाएतमा पनि दर्शनार्थी पुग्नेगर्छन् ।
जनैपूर्णिमाको अवसरमा पोखरीमा लाग्ने मेलामा सहभागिताका लागि हिडेका केहि तिर्थयात्री भने भौगोलिक कठिनाईका कारण बाटैबाट फर्केका छन् ।
जटापोखरीमा जाने क्रममा झण्डै ९ सय जनालाई प्राथमिक उपचार गरीएको छ । उचाई लाग्ने, हिडाईनका कारण शरिरका विभिन्न भागमा समस्या भएकालाई स्थानीय गोकुलगंगा युवा सञ्जालको अगुवाईमा स्वास्थ्य परिक्षण तथा उपचार गरिएको थियो ।
युवा संजालका अध्यक्ष अनुज खड्काका अनुसार जटापोखरी जाने प्राय सबै तिर्थ यात्री फर्किसकेका छन् । ‘हामी अन्तिम टोली हो ’ आईतबार अपरान्ह पानीपाखामा आईपुगेका खड्काले फोन सम्पर्कमा भने – यो बर्ष त्यस्तो समस्या भोगेर कोहि अलपत्र परेका छैनन् । स्नानका लागि जटापोखरी जानका लागि हिडेका झण्डै ५० जना तिर्थयात्रीहरु भने विच बाटोबाटै फर्केका छन् । हिड्न नसकेका, लेक लाग्ने लक्ष्यण देखा परेकाहरु विच बाटौबाट फर्केका हुन् ।
खड्काका अनुसार जटापोखरीमा पुगेका १ जना तिर्थयात्रीलाई निकै समस्या भएको तर सञ्जालको सहयोगमा गरिएको स्वास्थ्य उपचारले उनको ज्यान बचेको छ । चुचुरे स्वास्थ्य चौकीका अस्लम सिद्धिकी जटापोखरीमा पुग्ने तिर्थयात्रीको उपचारमा खटिएका थिए । सञ्जालले गोकुलगंगा अस्पताल, चुचुरे स्वास्थ्य चौकी, स्थानीय मेडिकल बाट उपलव्ध गराएका औषधि बाहेक बजारबाट खरिद गरेर लगेका औषधिले तिर्थयात्रीको उपचार गरेको थियो । सञ्जालको अभियानमा गौरीशंकर संरक्षण क्षेत्रले समेत सघाएको थियो । जटापोखरी गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्छ । यसअघी यस प्रकारको स्वास्थ्य उपचार शिविरहरुको आयोजना गर्ने गरीएको थिएन ।
