रामेछाप । सबै महादेशका अग्ला हिमशिखर आरोहण गर्ने अभियानमा रहेका रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङका युवा हिमाल आरोहि प्रकाशराज पाण्डेलाई लिखु तामाकोशी गाउँपालिका रामेछापले बुधबार आरोहण सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
थप हिमाल आरोहण कार्यमा सहजता होस भनेर गाउँपालिकाले पाण्डेलाई हिमाल आरोहणका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरुको एक सेट हस्तान्तरण गरेको हो । गाउँपालिकाका अध्यक्ष केशव महतले आरोहि पाण्डेलाई धोविमा आयोजित कार्यक्रममा ति सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।
युवा आरोहि पाण्डेले संसारको सर्बोच्च शिखर सगरमाथा (एसिया), युरोपको सर्बोच्च शिखर रुसको एलब्रस, दक्षिण अफ्रिकाको सर्बोच्च शिखर तान्जानियाको किलिमाञ्जारो र दक्षिण अमेरिकाको सर्बोच्च शिखर अन्जेन्टीनाको अकुन्कागुवाको सफल आरोहण गरिसकेका छन् । केहि बर्ष देखि हिमाल आरोरण थालेका पाण्डेले विभिन्न ११ वटा हिमालको सफल आरोहण गरेका छन् ।
पाण्डेले संसारका ७ समिटको आरोहण सकेपछि फेरी संसारको अग्लो सगरमाथा उक्लने उनको लक्ष्य छ । हिमालमा हिउँ पग्लदै गएकोमा उनले चिन्ता प्रकट गर्ने गरेका छन् । जलवायु परिवर्तन र स्काउट अभियान उनले हिमाल आरोहण सगैं लैजाने गरेका छन् ।
