रामेछाप । नेकपा एमालेका उपमहासचिव पृथ्वि सुब्बा गुरुङले एमालेमा दक्षिणपन्थि अवसरबाद र संगठानिक अराजकता मौलाएर गएको वताएका छन् ।
मंगलबार रामेछापको मन्थलीमा नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरिय कार्यशालामा संवोधनको क्रममा संचार तथा सूचना प्रविधि मन्त्री समेत रहेका नेता गुरुङले भने – अहिले पार्टी भित्र देखिएको गुटबन्दी पनि त्यसैको उपज हो । उनले पार्टीमा मौलाएको दक्षिणपन्थि अवसरबाद र अराजकता पार्टीका लागि सबैभन्दा घातक रहेको वताए ।
एमालेमा रहेको असल पद्धति विस्तारै पलायन तिर गएकोमा नेता गुरुङले चिन्ता प्रकट गरे । अहिले पहिलेको असल पद्धति एमालेमा छैन्, कोमामा पुगिसक्यो उनले भने । उनले एमालेमा आफु भए ठिक अरु अघी बढे बेठिक भन्ने धार हावि भएको भन्दै त्यसले पार्टी सहि ठाउँमा नपुग्ने वताए ।
उनले पार्टीमा आफै पद बाड्दै हिड्ने प्रविति बढेकोमा चिन्ता व्यक्त गरे । कसैको दायाँ वायाँ हिड्दैमा नेता हुने, कृपा पाईने कुरा ठिक होईन , उपमहासचिव गुरुङले भने – पार्टीका नेताहरु कार्यकर्ताबाट चुनिएर आउने हो, टिको लगाएर हैन् । उनले अहिले पार्टीमा केपि ओली कि विद्या भण्डारी भनेर दौडिने बेला नभएको कुरा औल्याए ।
एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरीयाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमालेका पोलिटव्यूरो सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज कमलप्रसाद चौलागाई, केन्द्रीय सदस्य माधव ढुंगेल लगाएतले वर्तमान अवस्थामा एमालेको संगठन र कार्यकर्ताहरुको भूमिकाका बारेमा आ आफ्ना धारणा राखेका थिए ।
